भैरहवा माघ ७/
रुपन्देहीको लुम्बिनी सांस्कृतीक नगरपालिका वडानं ३ लंकापुरमा दुई मोटरसाईकल एक आसपमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
मृत्यु हुनेका एक जना भारतिय नागरिक रहेका छन् । कपिलबस्तु जिल्ला सुदोधन गांउपालिका वडानं ५ निवासी बर्ष ४५ का शिव संकर यादव सवार लु ५८ प २७२८ नम्बरको मोटरसाईकल र भारत सिदार्थनगर जिल्ला आजादनगर निवासी बर्ष २४ का धिरज चौधरीले चलाएको यु पि ५५ एन १११२ नम्बरको मोटरसाईकल एक आपसमा ठोकीदा दुबै जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लुम्बिनिले जनाएको छ ।
आईतवार सांझ साढे ६ बजेको समयमा दुर्घटना भएको थियो । दुर्घटना बाट घाईते भएकालाई उपचारका लागी अस्पताल पठाए पनि उनिहरुकोे मृत्यु भैसकेको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमाटमका लागी भिम अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।