Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

भैरहवामा गाईगोरु छाडा छाड्नेलाई जरिवाना


  • लुम्बिनी चिन्तन
  • माघ ३, २०८० बुधवार
  • 304
    SHARES

भैरहवामा गाईगोरु छाडा छाड्नेलाई जरिवाना

भैरहवा माघ ३ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले बजारमा छाडा छाडिएका गाईगोरुको व्यवस्थापन सँगै जरिवाना कारवाही पनि थालेको छ । 
छाडा चौपायाले सवारी दुर्घटनाको जोखिमसँगै नगरको सौन्दर्यकरण समेत असर गरेपछि पालिकाले दोस्रो पटक अभियान चलाएर छाडा गाईगोरुको व्यवस्थापनसँगै गाईगोरु छाडा छाड्ने पशुधनीलाई जरिवाना कारवाही पनि थालेको हो ।


व्यवस्थापन अभियानको क्रममा दुई जना नगरवासीले पालेका चौपाया (गाईगोरु) छाडा छाडेको पाइएपछि ७ हजार रुपैयाँको दरले जरिवाना कारवाही गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिए ।


छाडा छाडिएका गाईगोरुलाई नियन्त्रणमा लिएर देवकोटा चोक स्थित होल्डिङ सेन्टरमा जम्मा गर्ने र त्यसपश्चात राष्ट्रिय गौं संरक्षण तथा अनुसन्धान केन्द्रमा व्यवस्थापन गर्ने गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार