Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

राजधानी बाहीर भैरहवामा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता हुँदै , तयारी पुरा


  • लुम्बिनी चिन्तन
  • पौष २६, २०८० बिहिवार
  • 326
    SHARES

राजधानी बाहीर भैरहवामा प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता हुँदै , तयारी पुरा

भैरहवा पौष २६/
शनिवार देखी भैरहवामा सुरु हुने प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) को आयोजना र रुपन्देहीको संयोजनमा शनिवार पुस २८ देखि सिद्धार्थ क्रिकेट रंगशालामा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०८० अन्तर्गत लीग चरणका ११ वटा खेल हुन लागेको क्यानका निर्वतमान कार्यवहाक सचिव प्रशान्त बिक्रम मल्ले बताए ।

राष्ट्रिय खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत हुने प्रतियोगिता माघ ११ गतेसम्म सञ्चालन हुने छ । भैरहवामा लुम्बिनी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, नेपाल प्रहरी, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल रहेका छन् । पौष २८ देखी माघ ११ गते सम्म सिदार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगिता सञ्चालन गर्न करिब रु. ३० लाख लाग्ने रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।

प्रतियोगितामा राष्ट्रिय टोलीका सम्पूर्ण खेलाडीहरुको सहभागीता हुने र यसले प्रतियोगिताको महत्वलाई अझै बढाउनेमा आफूहरु विश्वस्त रहेको सचिव गुरुङले बताए । यस प्रतियोगिताले सिद्धार्थ क्रिकेट रंगशालामा एकदिवसीय क्रिकेट प्रतियोगिता (ओडिआई) आयोजना गर्न ठूलो बल पुर्याउने उनले बताए ।

प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको र उद्धघाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सी.के.) ले गर्ने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले जानकारी दिए । प्रतियोगिताका खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुर, मूलपानी क्रिकेट मैदान र सिद्धार्थ क्रिकेट रंगशाला भैरहवा गरी तीन स्थानमा हुनेछन् । 


लुम्बिनी चिन्तन

थप समाचार