दिपेश पछाई ,
भैरहवा पौष १९ /
पूर्व राजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन् गरिएको छ । विभिन्न धार्मिकस्थलहरुको अवलोकन भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई विहिबार भैरहवामा नागरिक अभिनन्दन गरिएको राष्ट्र्यि प्रजातन्त्र पार्टी रुपन्देहीका उपाध्यक्ष तथा अभिनन्दन समारोह समितीका सहसंयोजक अजय गुप्ताले बताए ।

अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र पूर्वरानी कोमल राज्य लक्ष्मी सहित र परिवारका सदस्यहरु सहभागी भएका थिए । नागरिक अभिन्नदन कार्यक्रममा रुपन्देही , कपिलबस्तु , नवलपरासी लगायतका जिल्लाहरु बाट सर्वसाधारणहरु सहभागी भएका थिए । कार्यक्रममा विभिन्न संघ संस्थाहरुले झाकी तथा साँस्कृतिक कार्यक्रम प्रस्तुती गरेका थिए ।
नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले जनता पूर्वराजालाई स्वागत तथा अभिनन्दन गर्न आतुर रहेको बताए । पूर्वराजा शाह गत पुस ८ गते देखी भैरहवामा बसेर बिभिन्न जिल्लाहरुमा आयोजना भैरहेका कार्यक्रमहरुमा सहभागीता जनाउदै आएका छन् ।

देशको हिजो र आजको अवस्थालाई नजिकबाट नियालिरहेको छु , पूर्वराजा ज्ञानेन्द्र
भैरहवामा आयोजित नागरिक अभिन्नदन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले देशको हिजो–आजको अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन् ।
अभिनन्दनका लागि आयोजित कार्यक्रममा बोल्दै पूर्व राजा शाहले आफू जता जाँदा पनि आफूलाई सरकारमा संचालनका लागी आउन र देश बचाउन आग्रह गरेको सुनाए । ‘म जता जाउँ, जहाँ पुगुँ जनआवाज उठेको सुन्छु’ उनले नागरिक अभिन्नदन कार्यक्रममा भने, ‘मलाई आउन, हाम्रो देश बनाऊ, र देश बचाऊ आग्रह गरिरहेको सुनिरहेको हुन्छु ।

कार्यक्रममा उनले जनताको नजर बाट आफू कतै नगएको र नेपालीहरुको साथमै रहेको बताए । ‘म बोलिरहेछु , देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना अहिले पनि पोखिरहेको छु , म कतै गएको छैन , सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु उनले भने । नेपालीहरुको सुख–दुःख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु पुर्व राजा ज्ञानेन्द्रले भने ।

देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण युवाहरु विदेश जानु परेको उनले बताए । ‘देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको छ ,यस्तो अवस्थाको अन्त्य हुनै पर्दछ’, उनले भने ।
अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने उनले बताए । आफू मात्र सही, आफू मात्र ठीक भन्न छाड्नुपर्ने भन्दै ‘आऊँ, हामी सबै एक ठाउँमा उभियौं पूर्व राजा ज्ञानेन्द्रले भने, देशमै उत्पादन उद्यम, इलम सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने उनले बताए । तर के कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने उनले बताए ।

विगतको सबै दुःख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै पूर्व राजा ज्ञानेन्द्रले भने, ‘अब भाँच्चिएको टुक्राहरु जोडिदेऊ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय, अत्याचार मुक्त गरिदेऊ । अनुहार फेरी फेरी षड्यन्त्र नगर । त्यस्ता चालबाट आफूलाई बचाइदेऊ नागरिक अभिन्नदन समारोहमा भने ।