Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

स्कुल बसको ठक्करबाट लुम्बिनीमा २ जनाको ज्यान गयो


  • लुम्बिनी चिन्तन
  • मंसिर १६, २०८० शनिवार
  • 356
    SHARES

स्कुल बसको ठक्करबाट  लुम्बिनीमा  २ जनाको ज्यान गयो

भैरहवा मंसिर १६/

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४   महुवारीमा स्कुलबसको ठक्करबाट २ जनाको ज्यान गएको छ भने १ जना घाईते भएका छन्।

लुम्विनी कर्कहवा सडक खण्डमा जांदै गरेको लु १ क १७७८ नम्वरको सिद्धार्थ बोर्डिङ स्कुल सुर्यपुराको बसले लु १ प ८४८२ नम्वरको मोटरसाईकलमा जांदै गरेका ३ जनालाई ठक्कर दिएको थियो। 

बसको ठक्करबाट मोटरसाईकलमा सवारहरुको मृत्यु भएपछि स्थानीयले स्कुलबसमा आगो लगाई दिएका छन्। आगोले बस पुर्ण रुपमा क्षती भएको छ।  

bbb.jpg

घटनामा मोटरसाईकलमा  लुम्विनी सांस्कृतीक नगरपालिका वडा नं ४ का २१ बर्षिय मोहम्मद ईरसाद र १६ बर्षिय रुविना खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यसैगरी उक्त दुर्घटनामा घाईते सोही ठाउकै १७ बर्षिय अप्सना खातुनको भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचार भई रहेको बताईएको छ।

घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ। 

mela bhairahawa.jpg
 


लुम्बिनी चिन्तन

थप समाचार