काठमाडौ।
मंसिर ११ देखि भारतको नयाँ दिल्लीमा सुरुभएको विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महादिवेशन बाट संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामालाई विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था आईबिसिको शक्तिशाली अधिकार प्राप्त कार्यकारी स्थायी समितिमा निर्वाचित गर्दै अध्यक्ष पदमा निर्वाचित गरिएको छ।
विश्व बौद्ध शिखर सम्मेलनको तेस्रो महादिवेशन सोमबार देखि भारतको नयाँ दिल्लीमा सुरु भएको छ। विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था विश्व बौद्ध शिखर सम्मेलनको महादिवेसन सहभागी हुन उपाध्यक्ष डा. लामा दिल्लीमा रहेका छन् ।
विश्वभरका बुद्धमार्गी तथा सरकारहरु संलग्न रहेको सर्वोच्च संस्था आईबिसिको स्थापनाकाल सन् २०११ साल देखि २०१६ सम्म स्थायी समिति सदस्यमा निर्वाचित भएर काम गर्दै आएका हुन् । सन् २०१७ को दोस्रो महादिवेशन बाट अधिकार प्राप्त कार्यकारी सदस्यमा पुनः निर्वाचित भएर सचीवमा निर्वाचित भएका उपाध्यक्ष डा.लामा आईबिसिको स्थायी कार्यकारी समितिमा निर्वाचित हुदै अध्यक्षपदमा निर्वाचित भएका हुन् ।
भारत सरकारको मातहतमा रहेको आईबिसि ले सय करोड भन्दा धेरै बुद्धिष्टहरुलाई एकता गर्दै विश्वभर शान्ति स्थापनको निम्ति विभिन्न कार्यक्रमहरु अगाडि बढाउदै आएको छ। बुद्धिष्ट संग सम्बन्धित रहेका पुरात्वातिक क्षेत्रहरुको खोज तथा अनुसन्धान गर्दै सम्बन्धित क्षेत्रहरुको संरक्षण र सम्बर्द्धन गर्दै आएको छ।
बुद्धदर्शनको विकास साथ-साथै संसार भर छरिएररहेका बुद्धधर्म अवलम्बीहरुमा विकृति विसंगति र धर्म परिवर्तन गर्ने जस्तो अस्वभाविक अवस्था आउन नदिन यस संस्थाले विशेष भुमिका खेल्ने छ। युगौ देखि विभिन्न खाले उत्पीडन र अत्याचार समेत व्यहोर्दै आएको बुद्धिष्टहरुलाई न्याय दिलाउन सबै प्रकारको उत्पीडन अन्त्यको लक्ष्य समेत IBCले राखेको छ।
हाल भारतको नयाँ दिल्लीमा रहेको बुद्धिष्टहरुको छाता सगठन जसले विश्वभरका बौद्धमार्गीहरुको साझा मञ्चको रूपमा काम गर्दै आइरहेको छ भने IBCको हाल ३९ देशहरूमा ३२० भन्दा बढी सगठनहरु रहेको छ।
निर्वाचित भए लगत्तै पत्रकारहरु सग बोल्दै प्रथम (हेल्मो खेन्पो छिमे छिरिङ) उपाध्यक्ष डा.लामाले यो निर्वाचितले बुद्धको जन्मस्थल पवित्र भुमी नेपालको सम्मान गरेको प्रतिक्रिया व्यक्त गरेका छन् ।