१९ कात्तिक, काठमाडौं ।
सरकारले भूकम्पमा परी घाइते भएकाहरुको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
‘सबै घाइतेहरुको निःशुल्क उपचार हुन्छ । जति महँगो उपचार गर्न पर्यो भने पनि निःशुल्क हुन्छ,’ बैठकपछि उनले भने । उनले निजी अस्पतालहरुमा पनि निःशुल्क उपचार गराउने प्रस्ताव आफूले राखेको बताए ।
२०७२ सालको भूकम्पको बेला काम गर्ने क्रममा भएका कमजोरीहरु सुधार्दै यसपटक काम गर्ने उनको भनाइ छ ।
विभिन्न देशहरुले भूकम्प पीडितहरुलाई सहयोग गर्न खोजेको भन्दै उनले कस्तो खालको सहयोग लिने भनेर सरकारले मापदण्ड बनाउने बताए ।