Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : सम्पूर्ण तयारी पूरा, तीनै तहका सुरक्षा निकाय परिचालन


  • लुम्बिनी चिन्तन
  • कार्तिक १४, २०८० मंगलवार
  • 310
    SHARES

महासचिव गुटेरेसको लुम्बिनी भ्रमण : सम्पूर्ण तयारी पूरा, तीनै तहका सुरक्षा निकाय परिचालन

भैरहवा मंसिर १३/

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको मंगलबार हुने बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणको सबै तयारी पूरा भएको छ।

मंगलबार बिहान महासचिव गुटेरेस गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि हेलिकाेप्टरमार्फत लुम्बिनी पुग्ने कार्यक्रम छ। महासचिव गुटेरेस पोखराबाट भैरहवा आउने कार्यक्रम छ। 

त्यसैगरी, प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड काठमाडौंबाट बिहान ७ बजे भैरहवा आउने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। 

जिल्लामा भिभिआइपी आउँदा हुने सुरक्षालाई मध्यनजर गरी तीनवटै सुरक्षा निकाय सुरक्षाका लागि परिचालन गरिएको अर्यालले बताए। हेलिकोप्टरमार्फत बिहान प्रचण्डसँगै पर्यटनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री दानबहादुर चौधरी, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामालगायतको टोलीले स्वागत गर्ने कार्यक्रम  छ।

महासचिव एन्टोनियो गुटेरेसले मायादेवी मन्दिरमा फूल र खादा चढाउने कार्यक्रम सकेपछि पत्रकारसमक्ष विश्वशान्तिको कामनासँगै आफ्नाे भ्रमणको औपचारिक सन्देश दिने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे)जानकारी दिए। 

कोषले मंगलबार बिहानको उच्चस्तरीय भ्रमणलाई ध्यानमा राखेर बिहान ६ बजे देखि ११ बजेसम्म गेट नम्बर ४ र ५ हुँदै शान्तिदीप, मायादेवी मन्दिर क्षेत्रमा सर्वसाधारणलाई  प्रवेश निषेध गरेको छ।

कोषका उपाध्यक्ष लामाले महासचिव गुटेरेसको भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश दिने बताए। यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव बान की मुनले लुम्बिनी भ्रमण गरेका थिए।


लुम्बिनी चिन्तन

थप समाचार