Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै रुपन्देहीका व्यवसायी आन्दोलनमा


  • लुम्बिनी चिन्तन
  • कार्तिक १४, २०८० मंगलवार
  • 308
    SHARES

गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै रुपन्देहीका व्यवसायी आन्दोलनमा

भैरहवा मंसिर १३/

गौतम बुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थल नियमित सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

सोमबार भैरहवामा पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरिएको हो। सञ्जालले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि विमानस्थलबाट आन्तरिक उडान रोक्ने र सीमानाका बेलहिया अनिश्चितकाललाई बन्द गर्नेसम्मका कार्यक्रमहरू सार्वजनिक गरेको छ।

विमानस्थल नियमित सञ्चालन गर्न पटक–पटक सचेत गराउँदा पनि सरकार मौन रहेकाले सरकारसँग अन्तिम लडाइँको रूपमा आन्दोलन गर्नुपरेको सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले बताए। ‘हामीले अरू विरोध गरेका होइनौँ। सरकारकै अर्बौँको लगानी रहेको विमानस्थल नियमित सञ्चालन गर्नुपर्‍याे भन्ने मात्र माग हो,’ ज्ञवालीले भने।

सञ्जालले प्रधानन्त्रीलाई ज्ञापनपत्र बुझाउने, १५ गतेदेखि विभिन्न क्षेत्रका संघसंस्था, ट्राभल्स, एयरलाइन्सलगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका, गाउँपालिकालगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई भेटी ऐक्यबद्धताका लागि आग्रह गर्ने सञ्जालको तयारी छ।

त्यसैगरी, आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरूलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने, नियमित उडानको माग गर्दै भैरहवामा सभा गर्ने कार्यक्रम तय भएका छन्।

दुई दिन विमानस्थलको गेटअगाडि धर्ना दिने र त्यति गर्दा पनि माग सम्बोधन नभए मंसिर २० पछि आन्तरिक उडान अनिश्चितकालका लागि रोक्न विमानस्थलको गेटमा धर्ना दिने र सीमानाका बेलहियासमेत ठप्प पार्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको छ।

सिद्धार्थ सञ्जाल रुपन्देहीमा रहेका विभिन्न संघसंस्थाको नेतृत्व गर्ने संस्था हो। सञ्जालमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता रहेका विभिन्न २५ भन्दा बढी संघसंस्था आबद्ध छन्। 

लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डेले पनि विमानस्थल नियमित सञ्चालनका लागि दबाब दिन आफू व्यवसायीहरूको पक्षमा रहेको भन्दै आन्दोलनको पक्षमा ऐक्यबद्धता जनाएका छन्।


लुम्बिनी चिन्तन

थप समाचार