Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

संयुक्त राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणअघि रातारात सडक पिच गरिँदै


  • लुम्बिनी चिन्तन
  • कार्तिक ११, २०८० शनिवार
  • 1.3K
    SHARES

संयुक्त राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणअघि रातारात सडक पिच गरिँदै

दीपेश पछाई ,भैरहवा कार्तिक ११/

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको लुम्बिनी भ्रमणको तयारी तीव्र रूपमा भइरहेको छ। लामो समयदेखि अलपत्र रहेका लुम्बिनी विकास कोषभित्रका सडक हतारहतार कालोपत्रे गर्न थालिएको छ। महासचिव गुटेरेसको भ्रमणतालिका सार्वजनिक भएसँगै रातभर सडक पिच गर्न थालिएको हो। 

विजयादशमीअगाडिसम्म लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले सडक निर्माणलगायतका पूर्वाधारका काम छिटो सम्पन्न गर्न पटकपटक ताकेता गरेका थिए। तर, काम हुन सकेको थिएन। अहिले निर्माण व्यवसायीहरू धमाधम काम गरिरहेका छन्। 
ii.jpg

महासचिव गुटेरेसलाई लुम्बिनीको मायादेवी मन्दिरसम्म पुग्ने बाटो सफाइदेखि लिएर ६ सय ५० मिटर सडक पिच गर्न लागिएको छ। लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले विकास कोषको चार नम्बर गेटदेखि शान्तिदीपसम्म पुग्ने ६ सय पचारमिटर सडक पिच गर्न लागिएको बताए। त्यसैगरी, पाँच नम्बर गेटको निमार्णाधीन गेटको काम पनि सम्पन्न गर्ने तयारीमा रहेको योजना प्रमुख भट्टराईले बताए। 

jj.jpg

महासचिव गुटेरेसलाई चार नम्बर गेटबाट प्रवेश गराएर शान्तिदीप हुँदै मायादेवी मन्दिर लैजाने र पाँच नम्बर गेटबाट बाहिरिने गरी भ्रमणको तालिका रहेको भट्टराईले बताए।

gg.jpg

नेपालको चारदिने भ्रमणका क्रममा १४ कात्तिक बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमणका लागि समय तय भएपछि लुम्बिनी विकास कोषले तयारी सुरु गरेको हो। कोषले शनिबार लुम्बिनी सांस्कृतिक नगरपालिका, भिक्षु भिक्षुणीसहित सरोकारवालाहरूसँग बैठक गरी महासचिव गुटेरेसको भ्रमणलाई भव्य बनाउनेबारे छलफल गरेको थियो।

ff.jpg 

महासचिव गुटेरेस प्रधानमन्त्री पुष्पकमल दाहालको निमन्त्रणमा १२ कात्तिक (अक्टोबर २९) मा नेपाल आउने तय भएको हो। 

लुम्बिनी विकास कोषका उपाध्यक्ष, संविधानसभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले महासचिव गुटेरेसको लुम्बिनी भ्रमण भव्य बनाउने गरी तयारीमा जुट्न आग्रह गरे। महासचिवको भ्रमणले लुम्बिनीबाट विश्वशान्तिको सन्देश विश्वभर दिन सकिने बताए। महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सँगै  लिएर आउनेछन्। 

ee.jpg

१४ गते बिहान ८ः३५ बजे गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने र त्यहाँबाट हेलिकोप्टरमा सीधै लुम्बिनी आउने प्रारम्भिक कार्यक्रम बनेको छ। महासचिव गुटेरेसलाई हेलिप्याडदेखि चार नम्बर गेट, शान्तिदीप हुँदै मायादेवी मन्दिरसम्म जाने बताइएको छ। 

dd.jpg

यसअघि महासचिव गुटेरेसले अक्टुबर १३ देखि १५ सम्म नेपाल भ्रमण गर्ने कार्यतालिका तय भएको थियो। तर, अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि उक्त भ्रमण स्थगित गरिएको थियो। गुटेरेसले १४ कात्तिकमा संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका पनि तय भएको छ। महासचिव गुटेरेस सन् १९९५ देखि २००० सम्म पोर्चुगलका प्रधानमन्त्री थिए। 

cc.jpg

संयुक्त राष्ट्रसंघको महासचिवका रूपमा उनको यो दोस्रो कार्यकाल हो। उनी पहिलो कार्यकालका लागि सन् २०१६ मा महासचिवमा नियुक्त भएका थिए।  यसअघि सन् २००८ संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गरेका थिए। यतिखेर मुनले पनि लुम्बिनी भ्रमण गरेका थिए। गुटेरेस संयुक्त राष्ट्रसंघका नवौँ महासचिव हुन्। हालसम्म लुम्बिनी भ्रमण गर्ने गुटेरेस छैटौँ महासचिव बन्दै छन्।

bb.jpg


लुम्बिनी चिन्तन

थप समाचार