पाल्पा कात्तिक ५
पाल्पामा आइतबार स्कर्पियो दुर्घटना हुँदा मृत्यु भएका ६ जनाकै पहिचान खुलेको छ।
दुर्घटनामा परी रजहरका ३६ वर्षीय चालक ईश्वर बहादुर लोहनी गम्भीर घाइते भएका छन्। आइतबार साँझ
४ बजे पाल्पाको तानसेन नगरपालिका-१३ बैकुन्ठेभिरस्थित तानसेन रानिमहल पक्कि सडक खण्डमा रानिमहलबाट तानसेन तर्फ आउँदै गरेको बाग्मती प्रदेश ०१-०२६ च ७२०९ नम्बरको कार सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट कार्यालय प्रमुख प्रउ हेरम्ब शर्माको कमाण्डमा १९ जनाको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोली खटिई गई घटनास्थलबाट गम्भीर घाइते भएका चालकको उद्धार गरी युनाईटेड मिसन अस्पतालमा पठाइएको छ।
प्रहरी निरीक्षक सन्तोष चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए।