दिपेश पछाई
भैरहवा असोज १५
गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल परिषर भित्र रहेको विवादित जग्गाको मुअव्जा नदीने भएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले विवादित जग्गाका बिषयमा अध्ययन गर्दा मुअव्जा दिन पर्ने नदेखीएकोले दिन नपर्ने बैठकले निर्णय गरेको छ ।
गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल निमार्ण परियोजनामा मुअव्जाको माग गर्दौ रनवे लगायत बिमानस्थल भित्र पर्ने जग्गाका ब्याक्तीको नाममा दर्ता गरि परियोजना कार्यालयमा निवेदन दर्ता भएको थियो । मुआब्जा मागदावीका बिषयमा बसेको मुअव्जा निर्धारण समितीको बैठकले सबै गतिबिधिहरु संकास्पद देखीएकाले हाल लाई मुअव्जा नदीने निर्णय भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
बिमानस्थल निमार्ण परियोजना संग मुअव्जाको दाबी गर्नका लागी जिल्ला मालपोत कार्यालयले जारी गरेको लालपुर्जाका बिषयमा अध्ययन गरि जवाफ दिन मालपोत कार्यालय रुपन्देहीलाई पत्राचार गर्ने समेत बैठकले निर्णय गरेको छ । लालपुर्जा दिनु पर्ने कारण माग गर्दै जिल्ला प्रशासन कार्यालयले उठाएका दश वटा बिषयमा रहेर जवाफ दिन समेत मालपोत कार्यालय रुपन्देहीलाई पत्राचार गरेको छ ।

सिद्धार्थनगर नगरपालिका वडानं १० मा रहेको शवदाह स्थलको जग्गा दलालहरुले ब्याक्तीको नाममा नामसारी गरेको तथ्य बाहीरीए संगै सो क्षेत्रमा रहेको अन्तराष्ट्र्रिय बिमानस्थलको रनवे क्षेत्र र बिमानस्थल भित्रै पर्ने कालीमाताको नाममा रहेको जग्गानै जिल्ला मालपोत कार्यालय रुपन्देही र दलालहरुको मिलीमतोमा पर्वत राज कान्त मिश्राको नाममा नामसारी गरेको खुलेको हो ।
ब्याक्तीका नाममा नामसारी गरीएको केही जग्गा गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल परियोजनाले यस अगावै अधिग्रहण गरिसकेको थियो । सो जग्गामा अहिले रनवे बनेको छ । हाल रनवे रहेको ७ र ३२ नम्बर कित्ता रहेको जग्गा २०८० बैशाख ८ गते जिल्ला मालपोत कार्यालय रुपन्देहीले पर्वत राज कान्त मिश्राको नाममा लालपुर्जा कायम गरिदिएको थियो ।
मिश्राले मुआब्जाको लागी गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल परियोजनामा निवेदन पेश गरेपछि रहस्य बाहीर आएको हो । उनिहरुले ४ बिगाहा १७ कठ्ठा ६ धुर जग्गा पर्वत राज मिश्रको नाममा नामसारी गरेका हुन । उक्त जग्गा अहिले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल परियोजनामा मुआब्जाका लागी पेस भएको छ । बिमानस्थल परियोजनाले सहज तरिका बाट मुआब्जा दिने हो भने करिव १५ करोड बराबरको मुआब्जा जग्गा धनी मिश्रले प्राप्त गर्ने गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल परियोजना प्रमुख प्रवेश अधिकारीले बताए ।