लुम्बिनी, असोज ९ ।
। विश्व सम्पदा महासन्धि अनुसार सेप्टेम्बरभित्र तयार मस्यौदा मनोनयन दस्तावेज पुरातत्व विभाग हुँदै सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत विश्व सम्पदा केन्द्रमा पेश गरिने लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक एंव मनोनयन दस्तावेज तयारीका संयोजक ज्ञानिन राईले जानकारी दिए । अन्तिम मनोनयन दस्तावेज नेपाल सकारले स्न २०२४ को फेब्रुअरी १ तारिख अगावै पेश गर्नुपर्ने यूनेस्को महासन्धिमा उल्लेख छ ।
निर्देशक समितिको बैठकमा संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सहसचिव दामोदर गौतम, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, निर्देशक समितिका सदस्य सचिव एंव कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, पुरातत्व विभाग विश्व सम्पदा शाखा प्रमुख रमेश पौडेल, कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, बोर्ड सदस्य गोपीकृष्ण शर्मा लगायतको उपस्थिती रहेको थियो । तिलौराकोट विश्वसम्पदा सूचीमा सुचीकृत भए यो लुम्बिनीपछिको सबैभन्दा महत्वपूर्ण सम्पदा क्षेत्र बन्ने छ ।
विश्व सम्पदा समितिको ४५ औं बैठकमा तिलौराकोट कपिलबस्तु सम्बन्धी प्रवद्र्धनात्मक कार्यक्रम
यसअघि यहि सेप्टेम्बर १० देखि २५ तारिखसम्म साउदी अरबको रियादमा भएको विश्व सम्पदा समितिको ४५ औं बैठकमा समेत तिलौराकोट कपिलबस्तुको बारेमा व्यापक प्रचार प्रसार र प्रवद्धनात्मक कार्यक्रम गरिएको छ ।
सँस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव भरतमणि सुवेदीको नेतृत्वमा नेपालबाट गएको टोलीले यूनेस्कोको डेपुटी डाइरेक्टर ज्योति होसाग्राह, यूनेस्को एसिया प्यासिफिक प्रमुख हिमालचुली गुरुङ सहित बेलायत, भारत, पाकिस्तान, जापान, कोरिया, अष्ट्रेलिया, जोर्डन, मलेसिया लगायत देशका राजदूत र उच्च तहका अधिकारीहरुको उपस्थितीमा तिलौराकोट कपिलबस्तु विश्व सम्पदाका बारेमा विफ्रिङ गरिएको थियो । सेप्टेम्बर १७ तारिखका दिन करिव २ घन्टासम्म साईड बैठकमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विज्ञ प्रोफेसर रविन कनिङघमले प्राचिन गणराज्य तिलौराकोट शहर कपिलबस्तुबारे प्रस्तुती राखेका थिए । बैठकमा साउदी अरवका लागि नेपालका महामहिम राजदुत नवराज सुवेदी सहित राजदुतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
४५ औं विश्व सम्पदा समितिको बैठकमा गरिएको साईड बैठकले तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सुचीकरणका लागि प्रभावकारी रुपमा सन्देश प्रवाह गरेको बैठकमा सहभागी कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । उनले नेपालका तर्फबाट लुम्बिनी र तिलौराकोट कपिलबस्तुको सम्पदाबारे व्यापक प्रचार–प्रसार र प्रवद्र्धनको काम समेत गरेको बताए । सम्पदा बैठकमा नेपालका तर्फबाट मन्त्रालयका सचिव सुवेदी सहित पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, विश्व सम्पदा शाखा प्रमुख रमेश पौडेल, अन्तर्राष्ट्रिय विज्ञ प्राध्यापक रविन कनिङघम, लुम्बिनी विकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राई, बरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती सहभागी भएका थिए ।