दिपेश पछाई ,
भैरहवा असोज ९/
गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थलको रनवेमा समावेस भएको जग्गा समेत दलाल र मालपोत कार्यालय रुपन्देहीका कर्मचारीहरुको मिलेमतोमा ब्याक्तीका नाममा नामसारी गरेको खुलेको छ ।
सिद्धार्थनगर नगरपालिका वडानं १० मा रहेको शवदाह स्थलको जग्गा दलालहरुले ब्याक्तीको नाममा नामसारी गरेको तथ्य बाहीरीएको भोलीपल्टै पुनह सो क्षेत्रमा रहेको अन्तराष्ट्र्रिय बिमानस्थलको रनवे क्षेत्र र बिमानस्थल भित्रै पर्ने कालीमाताको नाममा रहेको जग्गानै जिल्ला मालपोत कार्यालय रुपन्देही र दलालहरुको मिलीमतोमा पर्वत राज कान्त मिश्राको नाममा नामसारी गरेको खुलेको हो ।
ब्याक्तीका नाममा नामसारी गरीएको केही जग्गा गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल परियोजनाले यस अगावै अधिग्रहण गरिसकेको थियो । सो जग्गामा अहिले रनवे बनेको छ । हाल रनवे रहेको ७ र ३२ नम्बर कित्ता रहेको जग्गा २०८० बैशाख ८ गते जिल्ला मालपोत कार्यालय रुपन्देहीले पर्वत राज कान्त मिश्राको नाममा लालपुर्जा कायम गरिदिएको छ । २०६४ सालमा गौतमबुद्ध बिमानस्थलको बिस्तारका लागी अधिग्रहरण गरिएको कित्तानं ७ र ३२ मा हाल रनवे बनेको छ ।
तर मालपोत कार्यालयका कर्मचारीहरुको मिलिमतोमा रनवेको जग्गा पनि ब्याक्तीको नाममा दर्ता गरि मुआब्जाको लागी गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल परियोजनामा निवेदन पेश गरेपछि रहस्य बाहीर आएको हो । उनिहरुले रनवे मात्र नभएर बिमानस्थल भित्र रहेको कालीमाताको जग्गा पनि ब्याक्तीको नाममा नामसारी गरेका छन् ।
उनिहरुले ४ बिगाहा १७ कठ्ठा ६ धुर जग्गा पर्वत राज मिश्रको नाममा नामसारी गरेका हुन । उक्त जग्गा अहिले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल परियोजनामा मुआब्जाका लागी पेस भएको छ । बिमानस्थल परियोजनाले सहज तरिका बाट मुआब्जा दिने हो भने करिव १५ करोड बराबरको मुआब्जा जग्गा धनी मिश्रले प्राप्त गर्ने गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल परियोजना प्रमुख प्रवेश अधिकारीले बताए ।
जग्गाको बिषयमा कसरी चलखेल सुरु भयो
हाल गौतमबुद्ध अन्तराष्ट्र्रिय बिमानस्थल रहेको क्षेत्रमा २०२२ साल तिर सुजा मिश्राईनको नाममा ३० बिगाहा १४ कठठा १४ धुर जग्गा थियो । भुमि सम्बन्धी ऐन २०२१ अनुसार एक ब्याक्तीको नाममा ११ बिगाहा भन्दा बढी जग्गा राख्न पाउने अवस्था थिएन । २०२२ पौष ९ गते हदबन्द्धी भन्दा बढी जग्गा भएको चार बिगाहा भन्दा बढी जग्गा कालीमाता मन्दीरको नाममा छाड्ने घोषणा गरिन ।
घोषणाको पत्र पनि हाल निवेदनमा सम्लग्न छ । निसन्तान रहेकी मिश्राईनको २०२५ माघ १८ गते मृत्यु भयो । ३० बिगाहा जग्गा मध्ये ११ बिगाहा भन्दा माथी र कालीमाता मन्दीरलाई दिएको ४ बिगाहा जग्गा भन्दा बाहीर रहेको करिव १५ बिगाहा छुट कित्ताहरुमा नजिकका हकदारहरुले हकदाबी गरि अदालती प्रकृयामा गए संगै २०६४ मा जिल्ला मालपोत कार्यालय रुपन्देहीले बिभिन्न सात कित्ता जग्गा मन्दीर छाडी बांकी रमाकान्त मिश्रको नाममा कायम गरीदियो ।
मालपोत कार्यालयलको उक्त्त निर्णय बिरुद्ध अर्का पात्र हरी प्रसाद र चन्द्र शेखरले पुनरावेदन अदालतमा फरक फरक मुद्धा दायर गरे । २०६४ मंसिर २२ मा रमाकान्त मिश्रको मृत्यु हुन्छ । २०६५ भदौ १ गते अदालतले मृतक रमाकान्त मिश्रको नाममा फैसला गर्दछ ।
मिश्रको मृत्यु पछि नजिकको हकवाला पर्वतराज कान्त मिश्रको नाममा बिभिन्न २४ वटा कित्ता बाट हुन आउने १७ बिगाहा ३ कटठा जग्गा नाममा आउछ । ति जग्गामा मोही रहेकाले १० बिगाहा ६ कठठा जग्गा मिश्रको नाममा कायम हुन्छ । उल्ल्ेखीत जग्गा मीश्रले बिभिन्न मितिमा बिक्री गरेका छन् भने एक बिगाहा १ कठठा जग्गाको बिमानस्थल परियोजना बाट मुआब्जा पनि लिई सकेका छन् ।
तिनै मिश्रले अहिले हदबन्दी भन्दा बाहीर हुदा कालीमाता मन्दीरका लागी दिएको जग्गा मालपोत कार्यालय रुपन्देहीका कर्मचारीहरुको मिलीमतोमा छुट कित्ता कायम गरी २०८० बैशाख ८ गते लालपुर्जा कायम गरी मुआब्जाको लागी परियोजनामा पेश गरेका छन् । बिमानस्थलमा पेश भएका काजगातमा दुई कित्ता जग्गा २०६४ सालमानै बिमानस्थलले अधिग्रहण गरि रनवे समेत बनाएको छ ।