दिपेश पछाई , भैरहवा असोज ८/
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडानं ४ मा रहेको मानिस परेपछि दाहसंस्कार गर्ने स्थान पितृ विर्सजन तथा शव दहन स्थलको जग्गा दलालहरुले बिक्री गरेको खुलेको छ । सिदार्थनगर नगरपालिका वडानं १० एयरर्पोट नजीक घागरा खोला छेउमा रहेको एक बिगाहा ५ कठ्ठा जग्गा बिक्री गरेको खुलेको सिद्धार्थनगर नगरपालिका वडानं ४ का वडा अध्यक्ष भोला यादवले बताए ।
अहिले सो जग्गा अर्घाखांची जिल्लाको साबिक मैदान गा.वि.स. वडा नं. ५ बस्ने नुरपति घिमिरेको नाती नरपति घिमिरेको छोरा फर्सुराम घिमिरेको नाममा दर्ता भएको जिल्ला मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आर्चायले बताए ।

जग्गा दलाल समेतको संलग्नतामा मालपोत कार्यालय रुपन्देहीबाट २०७० बैशाख २८ गते फर्सुराम घिमिरेको नाममा दर्ता भएको छ । यस अगाडी उक्त जग्गा पर्ति जग्गा रहेको थियो । सिद्धार्थनगर नगरपालिका वडानं १० र ४ का स्थानियहरुको शब जलाउने घाटका रुपमा सो स्थान प्रयोग हुदै आएको थियो । स्थानियका अनुसार सो ठाउलाई घाटको रुपमा प्रयोगको लागि २०४९ सालमा स्थानीयबासी र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट विश्राम सेड घर र दहसंस्कार गर्न स्थान तैयार गरीएको थियो ।
त्यस पछि विभिन्न समयमा २०५४ सालमा जिल्ला विकास समिति रुपन्देही र सिंचाई कार्यालय रुपन्देहीको सहयोगमा उत्तर तर्फ नदी कटान रोक्नको लागी तटबन्ध गरिएको थियो । यस्तै २०६१ मा रुपन्देही वातावरण संघबाट वृक्षरोपण र तारबार गरी स्मृति वनवाटीका नामाकरण गरिएको थियो । २०६२ सालमा पनि लुम्बिनी युवा ग्रामीण विकास संघ र हेफर ईण्टरनेशनलबाट वृक्षारोपण कार्य गरिएको थियो । २०६८ सालमा स्थानीयबासी र सिद्धार्थनगर नगरपालिकाको सहयोगबाट पितृ विसर्जन उपभोक्ता समिति गठन गरी घाटको सुदृढीकरण गरिएको थियो ।
जग्गा धनी घिमिरेले २०७२ , ०७३ देखी ०७८,०७९ सम्मको मालपोत कर सिद्धार्थनगर नगरपालिकामा एकैपटक २ लाख ३४ हजार बुझाएका छन् । त्यसैगरी ०७९,८० को मालपोत कर वडान. १० को वडा कार्यालयमा बुझाएको रेर्कडमा उल्लेख छ । सिद्धार्थनगर नगरपालिकामा एक मुठठ् ७ बर्षको कर बुझाएको देखीन्छ । सिद्धार्थनगर नगरपालिकाका वडानं ४ का वडा अध्यक्ष भोला यादवका अनुसार पुरानो मिति राखेर आर्थिक बर्ष ०७८,०७९ मा कारोबार गरेको हुन सक्ने बताए ।
जिल्ला मालपोत कार्यालय रुपन्देहीको कम्युटरमा २०७१ फागुन २८ गते दर्ता भएको देखएिको छ भने लापुर्जा २०७० बैशाख २८ मा जारी भएको उल्लेख छ । जिल्ला मालपोत अधिकृत कुमार आर्चायले जग्गा दर्ता प्रकृयाले नै कृते गरेको देखीन आएकाले आफुले जग्गा फिर्ता गर्ने कार्यमा सघाउने बताए । यो जग्गा फिर्ता गर्ने मात्र नभएर संम्लग्नहरुलाई कार्बाहीको दायरामा ल्याउन पनि आबस्यक रहेको उनले बताए ।