भैरहवा, ६ असोज ।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को अध्यक्षमा दर्पण श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार भैरहवामा सम्पन्न संगठनको १६ औं वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट आगामी कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
त्यस्तै संगठनको निवर्तमान अध्यक्षमा अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्षमा सचिन रोक्का, महासचिवमा लक्ष्मी अधिकारी, कोषाध्यक्षमा सुरेन्द्र कुमार पाण्डेय, सचिवमा गौतम कुमार गुप्ता र कृष्ण प्रसाद पाण्डे रहेका छन् । त्यसै गरी सह–कोषाध्यक्षमा सन्तोष शुक्ला र एशोसियट सदस्यमा राम अवध गुप्ता रहेका भएका छन् ।