भैरहवा भदौ १/
लुम्बिनी प्रदेशभित्र रहेका सञ्चारमाध्यमहरुको संस्थागत विकास र व्यावसायिक एकरुपता कायम गर्ने मुख्य उद्देश्यसहित बुटवलमा मिडिया सम्मेलन सुरु भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा प्रदेशभित्र रहेका विभिन्न छापा माध्यम, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियाहरुको सहभागीतामा सम्मेलन सुरु भएको हो ।
सम्मेलनको उद्देश्यबारे प्रकाश पार्दै अध्यक्ष नवराज कुंवरले कोरोना महामारी तथा आर्थिक मन्दीले धरासाही मनेका सञ्चार गृहहरुको उत्थानका लागि सरकारको ध्यानाकर्षण गराए । सरकारले लोक कल्याणकारी विज्ञापनको दायरा बढाउन आवश्यक रहेको बताउँदै उनले समानुपातिक विज्ञापन प्रणालीलाई कडाईका साथ लागू गर्नु पर्ने बताए । मिडिया सम्मेलनबाट लुम्बिनी प्रदेशको विकासमा यस क्षेत्रका मिडियाहरुको भूमिका र लुम्बिनी प्रदेशमा मिडियाहरुको अवस्थाका विषयमा छलफल हुने अध्यक्ष कुँवरले जानकारी दिए ।