Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

सामूहिक प्रयासले नै विकास संभव छ , मन्त्री पाण्डेय


  • लुम्बिनी चिन्तन
  • श्रावण २७, २०८० शनिवार
  • 432
    SHARES

सामूहिक प्रयासले नै विकास संभव छ , मन्त्री पाण्डेय

भैरहवा, २७ साउन ।
लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनीलाई पर्यटनको प्रदेश बनाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । उनले पर्यटकलाई आवातजावतमा सहजता प्रदान गर्नुपर्ने र पैसा खर्च गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

सिद्धार्थ सञ्जाल रुपन्देहीको प्रथम साधारण सभा तथा अधिवेशनको शुक्रबार भैरहवामा उद्घाटन गर्दै मन्त्री पाण्डेयले सरकारले पर्यटन सम्बन्धी नीति बनाउने र वातावरण निर्माण निजी क्षेत्रले गर्नुपर्ने बताए । उनले भने, ‘मर्यादा खोजेर हुँदैन । सामूहिक प्रयासले नै राष्ट्रको विकास हुन्छ । ’ उनले निर्वाचनमा सम्पूर्ण दलले गौतमबुद्ध र अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा घोषणापत्रमा समावेश गर्ने गरेको उल्लेख गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँचवटा अन्तर्राष्ट्रिय उडान हुन्छ भने कम्तीमा एउटा अन्तर्राष्ट्रिय उडान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने भन्दै प्रदेश सरकारले संघीय सरकारसँग पहल गरिरहेको बताए । लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले भारतीय पर्यटकले नेपालमा भारु २५ हजार मात्रै ल्याउने पर्ने नियम व्यवहारिक नभएको भन्दै अर्थमन्त्रीसँग यस विषयमा कुरा राखिसकेको बताए । 

त्यस्तै सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले सिद्धार्थनगरलाई फूलैफूलको शहर बनाउने योजना रहेको बताए । उनले नेपालमा कम्तीमा भारु ५ लाख रुपैयाँ ल्याउन दिनुपर्ने बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले सिद्धार्थ सञ्जाल रुपन्देहीबाट खबरदारी र सहयोगको अपेक्षा राखेको बताए । 

सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले सिद्धार्थ सञ्जालले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, कृषिका साथै निजी क्षेत्रको हकहितका लागि एकजुट भइ कार्य गर्नुका साथै भौतिक निर्माण, सामाजिक, शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा पनि काम गर्ने बताए । 

सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता, सञ्जालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको स्वागत, महासचिव संजय बजिमयको धन्यवाद ज्ञापन तथा सचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार