भैरहवा, २७ साउन ।
सिद्धार्थ सञ्जाल रुपन्देहीको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शुक्रबार भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले अनिल कुमार ज्ञवालीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
सञ्जालको वरिष्ठ उपाध्यक्षमा चन्द्र प्रकाश श्रेष्ठ, उपाध्यक्षमा विष्णु प्रसाद शर्मा, पुष्पा खनाल (सम्झना), महासचिवमा संजय बजिमय, कोषाध्यक्षमा सतिश कुमार कौसल (दीपक), सचिवमा सचिन रोक्का र सह–कोषाध्यक्षमा मधु प्रसाद पन्थी निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा केशवराज ज्ञवाली, राम मिलन यादव, किशोर जोशी, रविन्द्र शर्मा घिमिरे, संजीव रोक्का, सूर्य कुमार सारुमगर, विन्दु न्यौपाने, शान्ता कंडेल, नारायण कुँवर, विष्णु प्रसाद खरेल, हरिश सेठिया, श्री भगवानदास गुप्ता (श्रीचन्द) र पिताम्बर न्यौपाने रहेको निर्वाचन अधिकृत जगत बहादुर रायमाझीले बताए ।
त्यसै गरी साधारणसभा तथा अधिवेशनले तीन जनालाई सदस्यमा मनोनित गरेको छ । मनोनित सदस्यहरुमा कैलाश गुप्ता, उमाशंकर मिश्र र दीपक केसी रहेका छन् ।
त्यस्तै सल्लाहकारहरुमा ठाकुर कुमार श्रेष्ठ, ओमकार गौचन, प्रेम कुमार सेन्चुरी, डा. शान्त कुमार शर्मा, नारायण प्रसाद भण्डारी, खिमबहादुर खत्री, चन्द्रमान श्रेष्ठ र कानूनी सल्लाहकारमा जगत बहादुर रायमाझी रहेका छन् ।
साधारणसभामा अध्यक्ष अनिल कुमार ज्ञवालीले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष सतिश कुमार कौसल (दीपक)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।