Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

स्थानियको भावना विपरित लुम्बिनीमा कुनै काम हुदैन, उपाध्यक्ष डा. लामा


  • लुम्बिनी चिन्तन
  • श्रावण २७, २०८० शनिवार
  • 1.3K
    SHARES

स्थानियको भावना विपरित लुम्बिनीमा कुनै काम हुदैन, उपाध्यक्ष डा. लामा

भैरहवा साउन २७/
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा. ल्हारक्याल लामाले स्थानियको भावना विपरित आफुले लुम्बिनीमा कुनै काम नगर्ने बताएका छन् ।
सुक्रवार लुम्विनीमा बसेको कोषको सचिवालय  बैठकले  लुम्बिनीको सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापना गर्ने निर्णय गरेपछि सर्वत्र बिरोध भएको थियो । बिरोध पछि कोषका नवनियुक्त उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाण्डौ लैजाने सुक्रवारको निर्णय कार्यान्वयन नहुने बताएका छन्न् । 
लुम्बिनीको सम्पर्क कार्यालय काठमाण्डौंमा स्थापना गर्न प्रस्ताव गर्ने निर्णयबारे स्थानीय , बिभिन्न संघ संस्थाहरुले आपत्ती जनाएपछि उपाध्यक्ष लामाले उक्त निर्णयमाथी पुनर्विचार गर्ने बताएका हुन् । 
कोषको सचिवालय बैठकमा कर्मचारीहरुबाट प्रस्ताव आएपछि आगामी बैठकमा प्रस्ताव गर्ने निर्णयमात्र गरिएको थियो काठमाण्डौंमा सम्पर्क कार्यालय स्थापना गर्ने विषयमै स्थानीयबाट विरोध हुन्छ भने त्यो निर्णयमाथी पुनर्विचार हुन्छ उपाध्यक्ष लामाले भने । 
आफु बुद्धजन्मस्थल लुम्बिनीलाई विभाजन गर्न नभई बनाउन आएकोले लुम्बिनीका बासिन्दाको भावनामा ठेंस पुग्ने गरि कुनैपनि निर्णय नगर्ने उपाध्यक्ष डा. लामाले बताए । 
।


लुम्बिनी चिन्तन

थप समाचार