भैरहवा साउन २५/
करहिया मक्रहर खानेपानी उपभोत्ता तथा सरसफाई संस्था तिलोत्तमा ८ को कुल १२० पार्सद सख्याको लागि आज वाट मतदान प्रकृया सुरु भएको छ ।
कुल मतदाता सख्या २ हजार २ सय १६ मतदाता सख्या रहेको करहिया मक्रहर खानेपानी उपभोत्ता तथा सरसफाई संस्थामा मतदान २ चरणामा सम्पन्न हुने निर्वाचन समिति सदस्य रामु साहानीले बताउनु भयो ।
पहिलो चरण अन्तरगत सेवा क्षेत्र १ देखि ४ सम्मा मतदाता सख्या १ हजार १ सय ६५ जनाले पहिलो चरण अन्तरगत मतदान गर्दैछन भने सुक्रवार सेवा क्षेत्र ५ देखि ८ सम्म का एक हजार एकाउन्न मतदाताले मतदान गर्नेछन । दुवै चरणको मदतान सम्पन्न भएपश्चात मतगणना सुरु हुने निर्वाचन संयोजक कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
१२० पार्सद सख्याको लागि बिहिवार र सुक्रवार हुने निर्वाचान मा २०७ जनाले उम्मेदवारी दिएका छन ।