Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

शहीद जितेन्द्रमणि स्मृति प्रतिष्ठान रुपन्देहीद्धारा भुजौलीमा बृक्षरोपण


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८० शनिवार
  • 1.1K
    SHARES

शहीद जितेन्द्रमणि स्मृति प्रतिष्ठान रुपन्देहीद्धारा भुजौलीमा बृक्षरोपण

भैरहवा साउन २०/
शहीद जितेन्द्रमणि स्मृति प्रतिष्ठान, रुपन्देहीले भुजौली आधारभुत बिध्यालयमा  बृक्षरोपण गरेको छ । 
सिद्धार्थनगर नगरपालिका वडानं ११ भुजौली स्थित भुजौली आधारभुत बिधालयमा बिभिन्न प्रजातिका ५९ बिरुवा रोपिएको प्रतिष्ठानका सचिव मनिष कुमार जोशीले जानकारी दिनु भयो । सिद्धार्थनगर नगरपालिका वडानं ११ का वडा अध्यक्ष दिलिप यादवको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा  प्रतिष्ठानका सल्लाहकार सन्तोष रायमाझी, बिधालय प्राचार्य राधा आचार्य, मिना बेलबासे अलगायतले आ आप्नौ भनाई राख्नु भएको थियो । 

madi 5.jpg
कार्यक्रमलाई स्वागत गर्दै प्रतिष्ठानका उपाध्यक्ष नारायण बहादुर हमालले उक्त बिधालयलाई बिगत देखि नै भौतिक बिकासको लागी आफुले सरकारसग पहल गरि बजेट परिएको र आगामी दिनमा पनि एस्ता कार्य र बिधालयको शैक्षिक गुणस्तर र भौतिक बिकासमा आफू र प्रतिष्ठानले सदैव पहल गर्ने धाराणा राख्नु भयो । 

madi 3.jpg
कार्यक्रम प्रतिष्ठानका सचिव मनिष कुमार जोशीको संचालन र  प्रतिष्ठानका अध्यक्ष तिर बहादुर रोकाको सभापतित्वमा सम्पन्न भएको थियो । प्रतिष्ठानका सल्लाहकार संन्तोष रायमाझीको सुपुत्र निसान्त रायमाझीको जन्मदिनको अवसरमा भुजौली प्राविमा अध्यनरत बिपन्न बालबालिकाहरुलाइ शैक्षिक सामाग्री र खेल सामाग्री हस्तान्तरण गरिएको थियो ।

madi 1.jpg
शहीद जितेन्द्रमणि स्मृति प्रतिष्ठान रुपन्देहीले शिक्षा र स्वास्थ क्षेत्रमा गरिब निमुखा जनताका बिचमा बिभिन्न कार्यक्रम गर्ने गर्दछ । त्यसैगरी समाजिक क्षेत्र , निशुल्क स्वास्थ शिविर तथा रक्त दान कार्यक्रम , गरिब बालबालिका लाई छात्रवृत्ति तथा शैक्षिक सामाग्री, कपडा, झोला बितरण , जटिल प्रकारका रोगको उपचारको लागी आर्थिक सहयोग , सहिद परिवार लाई आवश्यक सहयोग र सरकारी क्षेत्रको पहुचमा पुर्याउन सहयोग लगायतका बिभिन्न कार्यक्रम गर्ने प्रतिष्ठानका सचिव मनिश कुमार जोशीले जानकारी दिनु भयो ।

madi 2.jpg


लुम्बिनी चिन्तन

थप समाचार