Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

सिद्धार्थनगर नगरपालिकाले गरेको अस्वभाविक कर वृद्धिको सबत्र्र बिरोध, निर्णय फिर्ता लिन नगरवासीको माग


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८० शनिवार
  • 294
    SHARES

सिद्धार्थनगर नगरपालिकाले गरेको अस्वभाविक कर वृद्धिको सबत्र्र बिरोध, निर्णय फिर्ता लिन नगरवासीको माग

भैरहवा साउन १९/
सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ मा अस्वभाविक रुपमा करको दायरा बढाएको भन्दै नगरबासी आक्रोशित बनेका छन् । 
नगरबासीले सामाजिक सञ्जाल फेसबुक देखी नगरपालिकाको कार्यालयमै पुगेर  आक्रोश पोखेका छन् । सिद्धार्थनगर नगरपालिकाले आर्थिक बर्ष २०७९।०८० भन्दा चालु आर्थिक बर्षमा तिन चार सय गुणा बढी कर बढेपछि स्थानियहरु आक्रोसित बनेका हुन । नगरपालीकाको निर्णय भए संगै शुक्रबार नगरपालिका कार्यालय पुगेर बिभिन्न राजतैनिक दल , संघसंस्था , कृषकहरुले ज्ञापनपत्र बुझाएका छन् ।
 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर समिति, रुपन्देहीले पनि सिदार्थनगर नगरपालिका कार्यालय पुगेर नयाँ कायम भएको करको दर तत्काल हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
 ज्ञापनपत्र बुझाउन पार्टीका कार्यकर्तासँगै नगरपालिका पुगेका राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले नगरपालिकाले गरेको कर वृद्धि तत्काल खारेज गरी पुरानै कायम राख्न माग गरे ।
सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षमा करको दर बढाएको छ । नगरपालिकाले एसियाली विकास बैंकको ऋण तिर्नका लागि आन्तरिक आम्दानी आवश्यक रहेकाले करको दायरा बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले बताए ।
 
कर वृद्धिमा सबैको सहमतिबाट बढेको हो तर प्रतिशतका आधारमायति धेरै वृद्धि हुन्छ भन्नेमा नगरपालिका नरहेको उनको भनाइ छ । मालपोत कर र नगरपालीकाको करको दायरा धेरै फरक भएकाले मालपोत कर संग मिल्ने गरि कर बढाएको बताए । करको दायरा बढाउदा यति धेरै फरक पार्दछ भन्ने हामिलाई बिश्वास थिएन गत बर्ष भन्दा यस बर्षको अन्तर धेरै फरक परेको उनले बताए । करको दायरा बढाउदा भैरहवामा रहेको ब्यावसायिक संघ संस्थाका पदाधिकारी , सबै वडाका वडा अध्यक्षहरु सबैलाई राखी छलफल गरी नगरपरिसद बाट आएको बताए ।
 
नगरपालिकाले अव्सभाविक करवृद्धि गरेको भन्दै भैरहवा युवा संजाल, रुपन्देहीले पनि नगरपालिकाको ध्यानाकर्षण गराएको छ । संजालका अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.) गुप्ताले नगरपालिकाले गल्ती नसच्याए आन्दोलन गर्ने चेतावनी दिए ।
 
कृषियोग्य जमिनमा पनि करको दायरा बढाएको भन्दै कृषकहरुले नगरपालिकाको यस्तो कामप्रति चर्को विरोध गरेका छन् । उनीहरुले नगरप्रमुख समक्ष तत्काल निर्णय सच्याउन आग्रह गरेका थिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले देखिएका समस्या छलफलको माध्यमबाट समाधान गर्ने बताए । 


लुम्बिनी चिन्तन

थप समाचार