Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

पर्यटन क्षेत्रको बिकासमा सबै एक हुनुपर्छ ः ब्यावसायी


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८० शनिवार
  • 420
    SHARES

पर्यटन क्षेत्रको बिकासमा सबै एक हुनुपर्छ ः ब्यावसायी


पाल्पा साउन २०/
रुपन्देहीको पर्यटन क्षेत्रको बिकासमा सबै ब्यावसायीहरु एकजुट हुनु पर्ने पाल्पामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । 
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले पाल्पाको रिब्दीकोट गाउँपालिका–३ स्थित सिर्जना फार्ममा आयोजना गरेको आगामी कार्यदिशासम्बन्धी गोष्ठी तथा छलफल कार्यक्रममा पर्यटन क्षेत्रको विकासका लागि सबै क्षेत्रका ब्यावसायीहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । 
उदेश्य एउटै भए पनि एक्लाएक्लै अघि बढ्दा उपलब्धी हासील गर्न कठिन हुने भएकाले एक साथ अगाढी बढ्नु पर्नेमा जोड दिएका हुन । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले पर्यटन प्रवद्र्धनका लागि संगठनले विभिन्न कार्यक्रम गर्दै आएको बताउदै काम गर्ने क्रममा आई परेका समस्याहरुलाई समाधान गर्दै अगाढी बढ्नु पर्नेमा जोड दिए । 

20 b.jpg
रात्रीकालिन बजार सञ्चालनका लागि प्राथमिकता दिदै पर्यटन क्षेत्रको विकासका लागि ठोस कार्यक्रमहरु अघि सार्ने र विभिन्न संघ–संस्थासँग सहकार्य गर्दै जाने अध्यक्ष न्यौपानेले बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीले आफ्ना सदस्यको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । 
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा नचलेसम्म पर्यटन क्षेत्रमा सुधार हुने सम्भावना न्यून रहेको बताउदै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गरे । चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटन क्षेत्रको विकासका लागि एकजुट हुनैपर्ने बताउदै अलगअलग रुपमा अघि बढे सम्बोधन हुन ग्राहो हुने उल्लेख गरे । 
पर्यटन क्षेत्रको विकासका लागि रात्रीकालीन बजार सुरु गर्नुपर्ने र भारु २५ हजार रुपैयाँ भन्दा बढी लिएर नेपाल आउन नपाउने नियम अव्यवहारिक भएको ज्ञवालीले बताए । सिद्धार्थ यातायात प्रा.लि.का अध्यक्ष सूर्य कुमार सारु मगरले सम्पूर्ण संघ–संस्था एकजुट हुन आवश्यक रहेकोमा जोड दिदै भैरहवामा रहेको बसपार्कलाई व्यवस्थित गर्नुपर्ने बताए । 
लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले व्यवसाय पलायन हुने अवस्थामा भएकाले व्यवसाय बचाउन लाग्नुपर्नेमा जोड दिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको सम्भावना देखेर होटलमा ठूलो लगानी भए पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा नआउँदा व्यवसायी निराश भएको बताए । लुम्बिनीको विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो । 
चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन) रुपन्देहीका सल्लाहकार सुरेन्द्र बस्यालले पर्यटकको बसाइ लम्ब्याउन पर्यटकलाई आकर्षित गर्नुपर्ने बताउदै  एकपटक आएका पर्यटकलाई वर्षौ वर्षसम्म आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । लुम्बिनी मनि चेञ्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेयले भारतीय पर्यटक पानपसलदेखि पाँचतारे होटलसम्मका ग्राहक हुन तर भारु रुपैयाँ ल्याउन पाउने सीमा अत्यन्त न्यून हुँदा पर्यटन क्षेत्र मर्कामा परेको बताए । 
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका सल्लाहकार तथा मदिरा व्यवसायी संघ, भैरहवाका अध्यक्ष केशवराज ज्ञवालीले मदिरा र होटलबीच नङ र मासुको जस्तै सम्बन्ध रहेको बताउद आर्थिक मन्दीको समयमा सिद्धार्थनगर नगरपालिकाले कर बढाउनु न्यायोचित नभएको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष रामप्रसाद पोखरेलले सिद्धार्थनगर नगरपालिकाले कर बढाएर नागरिकमाथि ज्यादती गरेको बताउदै नगरपालिकाको यो कदमविरुद्ध सशक्त रुपमा आवाज उठाउनुपर्ने बताए । 
होटल व्यवसायी रोमाकान्त भट्टराईले सिद्धार्थनगर नगरपालिकाले गुट्खा विक्रीवितरण प्रतिबन्ध गरे पनि अनुगमन नहुँदा कार्यान्वयन हुन नसकेको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष गणेश बेल्बासेले पर्यटन व्यवसाय अफ्ठयारो परिस्थितिमा रहेको बताउदै निजी क्षेत्रसँग सम्बन्धित संघ–संस्थाले अन्य क्षेत्रसँग समन्वय गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
 लुम्बिनी प्रेस क्लब रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले भारतीय पर्यटकलाई लक्षित गर्दै स्थानीय तहसँगको सहकार्यमा भैरहवामा साप्ताहिक रुपमा सडक खाना कार्यक्रम अघि बढाउन सुझाव दिइन् । पर्यटकलाई आतिथ्यता दिन सके त्यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उनको धारणा थियो । 
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेको अध्यक्षता, कार्यक्रम संयोजक तथा संगठनका उपाध्यक्ष लिलाधर भट्टराईको स्वागत, वरिष्ठ उपाध्यक्ष रामप्रसाद पोखरेलको धन्यवाद ज्ञापन तथा महासचिव राजेश महोत्राको सञ्चालनमा सम्पन्न कार्यक्रममा भैरहवा लुम्बिनी क्षेत्रका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार