Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

पर्यटकलाई लक्षित गरि लुम्बिनीमा स्मार्ट शौचालय निर्माण


  • लुम्बिनी चिन्तन
  • श्रावण १२, २०८० शुक्रवार
  • 2.4K
    SHARES

पर्यटकलाई लक्षित गरि लुम्बिनीमा स्मार्ट शौचालय निर्माण
लुम्बिनी, साउन १२ ।
 
नेपाल वित्तिय संस्था कर्मचारी संघले बुद्धजन्मस्थल लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरि ‘स्मार्ट शौचालय’ निर्माण गरेको छ । लुम्बिनी विकास कोषसँग सहकार्य गरि ४ नम्बर गेटमा पर्यटकलाई लक्षित गरि लैंगिकमैत्री शौचालय निर्माण गरेको हो । 
काेरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशन (केएफआइएफ) र युएनआई ग्लोबल यूनियन एसियाको पहलमा आधुनिक प्रविधि जडान गरि करिव ४० लाख लागतमा शौचालय तयार पारिएको वित्तिय संस्था कर्मचारी संघले जनाएको छ । संघले शुक्रबार लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरि निर्माण गरिएको शौचालय लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेको छ ।
IMG_0948.JPG
 
 हस्तान्तरण कार्यक्रममा कोरिया फाइनान्सियल इन्डस्ट्री फाउण्डेशनका अध्यक्ष प्रोफेसर पार्क जोन सिकले बुद्धजन्मस्थल लुम्बिनी आउने पर्यटकलाई सेवा दिने उदेश्यले सामाजिक उत्तरदायित्व अन्तरगत शौचालय निर्माण गर्न पाउदा खुशी लागेको बताए । लुम्बिनी आउने पर्यटकहरुलाई शौचालयले थप सहजता दिने उनले बताए ।
 
कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष एंव कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बैंक तथा वित्तिय संस्थाका मजदुरहरुको लगानीमा निर्माण भएको शौचालयले पर्यटकहरुलाई सहजता थप्ने बताउँदै यसको दीगो सञ्चालन हुने व्यवस्था कोषले गर्ने प्रतिबद्धता जनाए । कोभिडपछि सुस्ताएको पर्यटक आवागमनलाई गतिशिल बनाउने गरि नीतिगत रुपमा काम गरेको बताउँदै लुम्बिनीको सरसफाईलाई अन्र्तराष्ट्रिय स्तरको बनाउने अभियानमा लागेको समेत उनले बताए ।
 
कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले शौचालय निर्माण भएपनि यसको दीगो सञ्चालनमा चुनौती रहेको बताउँदै त्यस कार्यमा कोष लागि पर्ने बताए । कार्यक्रममा कोषका योजना प्रमुख सरोज भट्टराई, प्यासिफिक क्षेत्रिय संगठन (यूएनआई एप्रो) का क्षेत्रिय सचिव राजेन्द्र आचार्य, नेपाल वित्तिय संस्था कर्मचारी संघका अध्यक्ष पदम रेग्मी, शंकर लामिछाने लगायतले बोल्दै पवित्र स्थल लुम्बिनीमा पर्यटकलाई सेवा दिने उदेश्यले शौचालय निर्माण आफैमा सामाजिक उत्तरदायित्वको हिसाबले महत्वपूर्ण रहेको बताए । १ सय ५० वर्ग मिटर क्षेत्रफलमा निर्माण गरिएको शौचालय स्वचालिक र आधुनिक छ ।
 

लैंगिक र अपाङमैत्रीसँगै महिलाहरुलाई स्यानिटरीप्याड समेत उपलब्ध हुने व्यवस्था गरिएको नेपाल वित्तिय संस्था कर्मचारी संघका महासचिव विकास श्रेष्ठले बताए । उनका अनुसार यस शौचालयमा दैनिक ५ सय पर्यटकहरुले लाभ लिनेछन् ।


लुम्बिनी चिन्तन

थप समाचार