Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

गुरुयोजना क्षेत्रका विहारहरुसँग छलफल


  • लुम्बिनी चिन्तन
  • श्रावण ४, २०८० बिहिवार
  • 314
    SHARES

गुरुयोजना क्षेत्रका विहारहरुसँग छलफल

 

लुम्बिनी, साउन ४ ।

लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रका विहार तथा मठ मन्दिरका प्रतिनिधिहरुसँग आगामि कार्ययोजना, धार्मिक क्यालेन्डर र अन्य विविध बिषयमा विहिबार छलफल गरेको छ । आर्थिक वर्ष २०८०र८१ को बार्षिक नीति कार्यक्रम र योजनाका बारेमा सुझाव संकलन, बर्षभरिको धार्मिक क्यालेण्डर तयार पार्ने लगायतका बिषयमा छलफल गरिएको हो ।

छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण० ले गुरुयोजना क्षत्रका विहारहरुसँग मिलेर कोषले पर्यटकीय गतिविधिलाई बढाउने योजना बनाएकाले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

356771991_960104591728349_8422512543164047612_n.jpg

कार्यक्रममा सदस्य सचिव सानुराजा शाक्यले विहारहरुले गर्ने कार्यक्रम र गतिविधिलाई समेत समेटेर बार्षिक धार्मिक क्यालेन्डर बनाउने योजनामा रहेको बताउँदै कार्यक्रम विवरण जानकारी गराउन आग्रह गरे । उक्त अवसरमा विहारका प्रतिनिधिहरुले विद्युतको समस्या जटिल रहेकाले त्यसलाई सुधार गर्न सुझाव दिएका थिए ।

विहारका प्रतिनिधिहरुको सुझावपछि कोषका योजना प्रमुख सरोज भट्टराईले केही भौतिक पूर्वाधार निर्माणले विहारहरुमा समस्या भएपनि अब छिट्टै समाधान हुने बताए । उनले विद्युतको समस्या समाधानका लागि प्राधिकरणसँग पहल भइरहेको बताए ।

add sai 26.jpg

छलफल कार्यक्रममा प्रमुख प्रशसकीय अधिकृत ज्ञानिन राई, प्रशासन प्रमुख चुरामणि भट्टराई र विहारका प्रतिनिधिहरुको उपस्थिती थियो ।  लुम्बिनीको गुरुयोजना क्षेत्रमा पूर्व र पश्चिममा विहारहरु छन् ।

bhairahawa namuna.jpg


लुम्बिनी चिन्तन

थप समाचार