Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

लुम्बिनीमा विनियोजन विधेयक पारित


  • लुम्बिनी चिन्तन
  • आषाढ १९, २०८० मंगलवार
  • 342
    SHARES

लुम्बिनीमा विनियोजन विधेयक पारित

दाङ/

लुम्बिनी प्रदेश सभाले विनियोजन विधेयक पारित गरेको छ। मंगलबार बसेको बैठकले आगामी आर्थिक वर्ष २०८०/०८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चिति कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो। 

sahari bikashrupandehi add.jpg

अर्थमन्त्री धनबहादुर मास्कीले विधेयकमाथि छलफल गरियोस् भनि प्रस्ताव राखेका थिए। तर, प्रतिपक्षको विरोधका कारण विधेयकमाथि छलफल भने हुन सकेन। 

siddhartha add.jpg

छलफल नभएपछि सभामुखले निर्णयार्थ पेस गरेको विधेयकलाई बहुमतले पास गरेको हो। प्रदेश सभामा एमाले सांसदहरुले खारेज भएका निर्देशनालयहरुलाई फिर्ताको माग गर्दै सुरुदेखि नै संसद अवराेध गर्दै आएका छन्।

दिउँसो साढे १ बजेदेखि सुरु भएको बैठक एमाले सांसदको अवरोधका कारण एक घण्टा स्थगित भएको छ।


लुम्बिनी चिन्तन

थप समाचार