Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

बम पड्काउँदै फिरौती माग्ने गिरोहका तीनजना पक्राउ


  • लुम्बिनी चिन्तन
  • आषाढ १६, २०८० शनिवार
  • 262
    SHARES

बम पड्काउँदै फिरौती माग्ने गिरोहका तीनजना पक्राउ

भैरहवा असार १४/

बम पड्काउँदै फिरौती रकम माग गर्ने गिरोहका तीनजनालाई रुपन्देही प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।

रुपन्देहीको सियारी गाउँपालिका– ४ का २७ वर्षीय अब्दुल हाकिम खान, कोहटीमाई– ३ पर्सियाका २२ वर्षका सुरज लोहार र कोहटीमाई– ४ का सुरज थारूलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। उनीहरूलाई रुपन्देहीको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

pardesh add 11.jpg

उनीहरू तीनैजना रुपन्देहीका विभिन्न स्थानमा बम पड्काउने र फिरौती रकम माग गर्ने आपराधिक कार्यमा संलग्न भएको प्रहरीको दाबी छ। गत मंगलबार पक्राउ परेका उनीहरूलाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। घटनामा अन्य व्यक्तिहरू पनि संलग्न रहेको आशंका प्रहरीको छ।

प्रहरीका अनुसार २०८० वैशाख १ गते उनीहरूले सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेको घरलाई लक्षित गरी पर्खालमा प्रेसर कुकर बम राखेका थिए। उक्त बम स्थानीयको सूचनालगत्तै नेपाली सेनाको टोलीले डिस्पिोज गरेको थियो।

parasi add.jpg

यस्तै, असार १ गते व्यवसायी भैरवप्रसाद कलवारको सिद्धार्थनगर– ४ स्थित दाना फ्याक्ट्री गोदामको पर्खालबाहिर पनि प्रेसर कुकर बम विस्फोट गराएका थिए। फिरौती माग गर्ने, तर्साउने उद्देश्यले सिटी हस्पिटल भैरहवानजिकै सडकमा समेत बम विस्फिोट गराएको र यी सबै घटनामा तीनैजनाको संलग्नता रहेको तथ्य फेला पारेको प्रहरीको भनाइ छ।

उनीहरूबाट दुई थान मोटरसाइकल र पाँच थान मोबाइल प्रहरीले बरामद गरेको जनाएको छ। रुपन्देहीमा सिरियल रूपमा बम भेटिने तथा चोरी बढ्दै जान थालेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी उमेशकुमार जोशी आफैँले सक्रियता बढाएका थिए।


लुम्बिनी चिन्तन

थप समाचार