भैरहवा असार १६
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले क्रसर उद्योग नवीकरण नभएको भन्दै १६ असार देखि ढुङ्गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने गरेको निर्णय प्रति लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघले पनि एकिबद्धता जनाएको छ ।
लुम्बिनी प्रदेश क्रसर व्यवसायी संघले सुक्रवार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरि असार १६ गतेबाट आफ्ना सम्पुर्ण सामग्री विक्रीवितरण ठप्प पार्ने महासंघका उपाध्यक्ष चन्द्रमणी अधिकारीले बताए ।
गत २०७९ साल ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको गुनासो गर्दै क्रसर उद्योगको नविकरण नहुंदासम्म गिटी, बालुवा, ढुंगा लगायतका नदीजन्य पदार्थ विक्री गर्दैनौ संघका प्रदेश अध्यक्ष गोपाल प्रसाद ज्ञवालीले भने ।

सरकारले नियतवस क्रसर व्यवसायीलाई अबैधानिक बनाएको ज्ञवालीको आरोप थियो । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका उपाध्यक्ष चन्द्रमणी अधिकारीले सरकारले आफै गरेको निर्णय कार्यान्वय गर्न नसक्नु लज्जास्पद बिषय भएको बताए । जब सरकारले तोकिएका निर्णय सम्बन्धीत कार्यालयबाट कार्यन्वयन हुन सक्दैन भने सरकार भन्दा माथि को छ उनको प्रश्न थियो ।
सरकारले पछिल्लोपटक दिएको म्यादअनुसार अवैध रुपमा चलिरहेका क्रसर उद्योगहरु आगामी असार मसान्तभित्र वैध भएर सञ्चालन गरिसक्नुपथ्र्यो तर व्यवसायीहरुले पटक पटक अनुरोध गर्दा पनि सरकारको नियम संगत दर्ता भएर संचालन गरिएका क्रसर उद्योग आज किन अवैध बनाईदै छ प्रदेश अध्यक्ष गोपाल ज्ञवालीले भने ।

गत माघमा मन्त्रिपरिषद्ले तत्कालिन समयमा इजाजत लिई दर्ता भएका तर, मापदण्डका कारण नवीकरण हुन नसकेका उद्योगलाई असारसम्मका लागि नवीकरण गर्ने निर्णय गरेको थियो । तर, उद्योगीहरुले सरकारको निर्णयले दर्ता भएका सबै उद्योगहरु स्वतः वैध हुने दाबी गरेका छन् । मन्त्रिपरिषद्को निर्णय अस्पष्ट भएको भन्दै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयहरु क्रसर नवीकरण गर्न तयार भएका छैनन् ।
निर्णय कार्यान्वयन गर्न दबाब दिने उद्देश्यसहित व्यवसायीले गिटी वालुवाको विक्री ठप्प पार्ने निर्णय गरेका हुन् । रुपन्देहीमा मात्र ४२ वटा क्रशर उधोगहरु रहेकोमा अहिले ३२ बढी संचालनमा छन् ।