Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

रुपन्देहीका १३ पालिकाले ल्याए १३ अर्ब ४२ करोडको बजेट, बुटवलभन्दा तिलोत्तमाको ३७ करोड बढी


  • लुम्बिनी चिन्तन
  • आषाढ १२, २०८० मंगलवार
  • 406
    SHARES

रुपन्देहीका १३ पालिकाले ल्याए १३ अर्ब ४२ करोडको बजेट, बुटवलभन्दा तिलोत्तमाको ३७ करोड बढी

भैरहवा असार ११/

रुपन्देहीका १६ पालिकामध्ये १३ पालिकाले १३ अर्ब ४२ करोड ११ लाखभन्दा बढीको बजेट सार्वजनिक गरेका छन्। 

एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० पालिका छन्। जसमा रोहिणी गाउँपालिका, कोटहीमाई गाउँपालिका र समरीमाई गाउँपालिकाबाहेक अन्यले निर्धारित समयमै बजेट सार्वजनिक गरेका हुन्।

रोहिणी, कोटहीमाई र समरीमाई पालिकामा आन्तरिक तयारी नपुगेको भन्दै बजेट सार्वजनिक हुन सकेन। यी पालिकाले बजेट ल्याउने अर्को मितिसमेत तोक्न सकेका छैनन्। 
pardesh add 11.jpg

शनिबार र आइतबार सार्वजनिक भएका रुपन्देहीका १३ पालिकामध्ये बुटवल उपमहानगरको तुलनामा तिलोत्तमा नगरपालिकाको बजेट बढी छ।

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि दुई अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट पेस गरेको छ भने तिलोत्तमा नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै आगामी वर्षका लागि दुई अर्ब ७३ करोड ८४ लाख ३९ हजार पाँच सय २९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। तिलोत्तमाको बजेट बुटवल उपमहानगरपालिकाको भन्दा ३७ करोड रुपैयाँले बढी छ।

ban add.jpg

लुम्बिनी सांस्कृतिक नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन  गरेको छ। 

त्यसैगरी सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि एक अर्ब १३ करोड ४१ लाख ४२ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। देवदह नगरपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि एक अर्ब ७ करोड २४ लाखबराबरको बजेट प्रस्तुत गरेको छ।

samarimae add.jpg

त्यसैगरी सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि रु. एक अर्ब १० करोड ५२ लाख ६८ हजारबराबरको बजेट ल्याएको छ। 

ओमसतिया गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि ४७ करोड ६६ लाख ९६ हजार एक सय सात रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ। त्यसैगरी कञ्चन गाउँपालिकाले ५१ करोड ३८ लाख ४६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

सियारी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि रु. ६१ करोड ५० लाख ३१ हजार आठ सय ३० बजेट पेस गरेको छ।

मायादेवी गाउँपालिकाले ७३ करोड २७ लाख ७७ हजार तीन सय २६ रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको पालिका अध्यक्ष ध्रुवनारायण चौधरीले जानकारी दिए। 

parasi add.jpg

त्यसैगरी रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेको मर्चवारी गाउँपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि ४४ करोड २० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। त्यसैगरी रुपन्देहीको गैडहवा गाँउपालिकाले आर्थिक वर्ष ०८०/८१ का लागि ८२ करोडबराबरको बजेट प्रस्तुत गरेको छ।

यस्तै शुद्धोधन गाउँपालिकाले ५८ करोड ५६ लाख २७ हजार नाै सय ४७ रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ। १६ पालिकामध्ये तीन पालिको बजेट सार्वजनिक हुने मितिसमेत टुंगो लागेको छैन। 


लुम्बिनी चिन्तन

थप समाचार