Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

एसएमएस  पालन गर्न प्रशासनको अनुरोध, होली मनाउदा कारवाहीमा परिएला !


  • लुम्बिनी चिन्तन
  • चैत्र ११, २०७७ बुधवार
  • 966
    SHARES

एसएमएस  पालन गर्न प्रशासनको अनुरोध, होली मनाउदा कारवाहीमा परिएला !

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले फागु पूर्णिमा (होली) मनाउँदा भीडभाड र जबरजस्ती नगर्न नगराउन सबैमा आग्रह गरेको छ ।
कोभिड जोखिमलाई मध्यनजर गर्दै कार्यालयले होली पर्वमा भिडभाड नगरी एसएमएस मापदण्ड (स्यानिटाइजर, मास्क र सामाजिक दुरी) तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नु, गराउन सबैमा आग्रह गरेको हो ।
कार्यालयले सूचना जारी गर्दै हाल कोभिड–१९ को प्रकोप छिमेकी मुलुक भारतमा थप क्रियाशिल भइ संक्रमितको दर बढ्दै गएको र मृत्युदरमा समेत वृद्धि भएको सन्दर्भमा खुल्ला सीमानाको कारण सीमा नाकाहरुबाट मानिसको आवतजावत बढी भएको देखिएकाले संक्रमण बढ्न नदिन जिल्लावासीलाई सजक र सतर्क रह्न आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले होलीले संक्रमण बढ्ने खतरा औंल्याएपछि ‘होली खेल्न दिने’ निर्णयबाट प्रशासनपछि हटेको छ ।

सूचना_0001(3).jpg
कोरोना भाइरस कोभिड–१९ को संक्रमण दर भारतमा एक्कासी पुनः बढ्न थालेपछि त्यसको प्रभाव नेपालका सिमा क्षेत्रमा पर्ने जोखिमलाई मध्यनजर गर्दै गृहमन्त्रालयले रुपन्देही सहित ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । एसएमएस मापदण्ड (स्यानिटाइजर, मास्क र सामाजिक दुरी) तथा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गर्नु, गराउन सबैमा आग्रह गरिएको प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत जनक थापाले भने । 
संक्रमणको जोखिमका कारण भिडभाड नगरिदिनुहुन सबैमा आग्रह गरेका छौ, त्यसबारे सार्वजनिक सूचना र माइकिङ गरेर पनि हामी सचेत गराउँछौँ । सुरक्षाकर्मी परिचालन गरेर भिडभाड नियन्त्रण गर्ने प्रशासनको तयारी छ । जबर्जस्ती रंग दल्नेलाई पनि कानुनी कारवाही गर्छौं ।’ थापाले भने 
यस अघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा, सम्मेलन गर्न रोक लगाएको थियो । भारतको महाराष्ट्र, तामिलनाडु, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक र हरियाणा राज्यमा कोरोना भाइरसको दोस्रो लहर देखिएको छ । त्यहाँ स्थित रोजगारीमा गएका नेपालीहरू अहिले स्वदेश फर्किने क्रम सुरु भएको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार