भैरहवा असार १०,
सशस्त्र प्रहरीले गएराती दुई करोड मुल्य बरावरको सुन सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा दुई वटा सुनको इटा सहित बा.१२ च.३८२० नं. को मारुती सुजुकी कार र चालकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वल रुपन्देहीका सशस्त्र प्रहरी उपरिक्षक दिपक थापाले जानकारी दिए । सुचनाको आधारमा प्रहरीले चेकजाँच गर्दा इटा आकारमा रहेको २ थान सुन जस्तो देखिने पदार्थ बरामद गरी गाडी , गाडी चालकलाई नियन्त्रणमा लिई भैरहवा भन्सार कार्यालयमा बुझाएको थापाले जानकारी दिए ।

केही दिन देखी गोप्य सुचनाहरु आईरहेको अवस्थामा शनिवार राती रुपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका १३ कालिदह क्षेत्रबाट उनिहरुलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ । भन्सारमा दुई करोड मुल्याड.कन गरी पठाईएको सुन , गाडी र चालकको बिषयमा थप अनुसन्धान भैरहेको जनाईएको छ ।