भैरहवा, ३१ जेठ ।
स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगरले विद्युत आपूर्ति नियमित बनाउन माग गरेको छ । अभियानले बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै छिनछिनमा विद्युत आउने र जाँदा कतिपय अवस्थामा हाई भोल्टेज आउँदा विद्युतीय उपकरणहरु बिग्रिएकाले विद्युत आपूर्ति नियमित हुनुपर्ने माग गरेको हो ।
अभियानका संयोजक नारायण प्रसाद भण्डारीले विद्युत आपूर्ति नियमित गर्न आवश्यक पर्ने उपकरण तथा तार, ट्रान्सफर्मरहरु फेर्नुपर्ने, कतिपय ठाउँमा लो भोल्टेज रहेकाले चेकजाँच गर्नुपर्ने र नगरका कतिपय ठाउँमा हाईटेन्सन लाईन घरको छतबाट गएकाले उक्त सप्लाई लाइन हाई–वेमा ल्याउनुपर्ने बताए । 
ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख ई. संजय कुमार मिश्रले विद्युत कटौती भैरहवाको मात्र नभइ राष्ट्रव्यापी समस्या भएको बताए । 
स्वतन्त्र नागरिक अभियान रुपन्देही, सिद्धार्थनगरका संयोजक नारायण प्रसाद भण्डारीको नेतृत्वमा सदस्यहरु सचिन रोक्का, रामअवध गुप्ता, कृष्ण बहादुर गुरुङ, राम प्रसाद भण्डारी (रामु) लगायत ज्ञापनपत्र बुझाउन बुधबार विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र पुगेका थिए ।