भैरहवा जेठ ३० /
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज देखी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ ।

निगमको मलेसिया बाट भैरहवा गौतमबुद्ध अन्तराष्ट्र्यि बिमानस्थलमा अवतरण गरेको जहाजलाई पर्यटन मन्त्री सुदन किरातीले स्वागत गरेका थिए । निगमले काठमाडौं मलेसिया भैरहवा काठमाडौं रूट अन्तर्गत साताको एक दिन मंगलवार उडान गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए। निगमको न्यारोबडी जहाज मंगलबार बिहान साढे आठ बजे विमानस्थलमा अवतरण गरेको थियो ।

पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदान किराती गौतमबद्ध अन्तराष्ट्र्रिय बिमानस्थल पुगेका थिए । जहाजले मलेसिया बाट भैरहवा आएका जना ३५ यात्रुहरुलाई छाडेर पुनः काठमाडौं फर्किएको थियो ।

निगमले हरेक हप्ता मंगलवार मलेसिया देखी भैरहवा काठमाण्डौ उडान नियमित गर्ने जनाएको छ । २०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा अहिले कुनै पनि अन्तराष्ट्र्यि उडान छैन । कुवेतको जजिरा एयरवेजले कुवेत भैरहवा नियमित उडान गर्दै आइरहेको भए पनि करिब डेढ महिनादेखि जजिराले पनि उडान रोकेको छ।