भैरहवा जेठ ३०/
लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिले लुम्बिनी प्रेस क्लबका सदस्य पत्रकार रबिन्द्र गुप्तालाई लायन्स सामाजिक पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
भैरहवामा एक कार्यक्रमका बिच लुम्बिनी प्रेस क्लब र ग्रिनसिटिको समन्वयमा स्थापित पुरस्कार नगद रु ११ हजार १ सय ११ रुपियाँ र सम्मान पत्र लायन्स ग्रिनसिटिले प्रदान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथिकोरुपमा बोल्दै ३२५ बि टुका गभर्नर नवराज न्यौपाने एम जेएफले क्लबले सामाजिक गतिविधि अत्यन्तै उच्च गतिमा गरिरहेको बताए ।
कार्यक्रममा ग्रिनसिटिका अध्यक्ष श्री बहादुर रायमाझी, लुम्बिनी प्रेस क्लबका अध्यक्ष सम्झना शर्मा, ३२५ बि जोन चेयर पर्सन नेत्र प्रसाद आचार्य, एरिया चिफ संगम न्यौपाने लगायत, क्लबका सचिब बिना पौडेल लगायतले मन्तव्य राखेका थिए ।

त्यसैगरि क्लबले सिद्धार्थ बाल गृहमा रहेका ३ जना बालबालिकाको कक्षा १० सम्मको भर्ना, मासिक शुल्क दिने गरी लायन्स क्लब भैरहवा ग्रिनसिटिले अभिभाकत्व ग्रहण गरेको छ । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटिको डाइरेक्टरी बिमोचन समेत भएको छ ।