Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

कार दुर्घटनामा ज्यान गुमाउने आठै जनाको सनाखत


  • लुम्बिनी चिन्तन
  • जेठ ३०, २०८० मंगलवार
  • 366
    SHARES

कार दुर्घटनामा ज्यान गुमाउने आठै जनाको  सनाखत

भैरहवा जेठ ३०/

प्युठानमा सोमबार दिउँसो भएको कार दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ।

घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको सनाखत भएसँगै मृतक सबैको सनाखत भएको हो।

सोमबार पौने ४ बजे स्वर्गद्वारी नगरपालिका-४ भि‌ं‌ग्रीस्थित सडक घुम्तीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो। उक्त दुर्घटनामा ज्यान गुमाउने सबै  दाङका हुन्।

karsi 28.jpg

जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार मृत्यु हुनेमा बालक शिशिर खनालसहित तुलसीपुर- १५ कोठरीकी ३४ वर्षीया सरिता शर्मा, उनका १४ वर्षीय छोरा विशाल र ९ वर्षे विकास, गढवा गाउँपालिका- ७ का ४० वर्षीय गोविन्द शाह, उनकी ३० वर्षीया श्रीमती राधा नेपाली र छोरा ९ वर्षीय छोरा आदित्य शाह र कारचालक लमही नगरपालिका- ५ का ४९ वर्षीय तारा कुमाल छन्।

घोराहीका शिशिर सरिताका साथीको छोरा भएको प्रहरीले जानकारी दिएको छ।

शर्मा र शाहको परिवार घोराही- १० नारायणपुरमा कोठा भाडामा बस्दै आएका थिए। शाह स्थानीय एक फर्निचर उद्योगमा काम गर्थे। सरिताका श्रीमान भने वैदेशिक रोजगारीमा छन्।

pardes add 29.jpg

 

स्वर्गद्वारी मन्दिर दर्शन गरी दाङतर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका- ४ भिंग्रीको घुम्तीमा दुर्घटनामा परेको थियो। 

प्रहरीका अनुसार कार करिब ४५ मिटर तल सडकमा आएर बजारिएको थियो। गुल्टिँदै कार माथिल्लो सडकबाट तल्लो सडकमा बजारिएको हुँदा ठूलो मानवीय क्षति भएको डिएसपी खड्काले बताए।

तीव्र गतिको कार घुम्तीमा अनियन्त्रित भएर दुर्घटनामा परेको आशंका गरिएको पनि उनले बताए।


लुम्बिनी चिन्तन

थप समाचार