Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

प्युठान कार दुर्घटना: आठ जनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • जेठ २९, २०८० सोमवार
  • 304
    SHARES

प्युठान कार दुर्घटना: आठ जनाको मृत्यु

भैरहवा, जेठ २९/

प्युठानको भिंग्रीमा कार दुर्घटनामा परी घाइते भएका आठ जनाको मृत्यु भएको छ। 

गम्भीर घाइते आठ जनालाई जिल्ला अस्पताल बिजुवार पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए। 

मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्। 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी उमेशराज जोशीले दुर्घटनामा परेका मध्य दाङको लमही नगरपालिका वडा नं. ५ का तारा कुमालको मात्रै पहिचान भएको बताए। pardes add 29.jpg

उनका अनुसार स्वर्गद्वारी मन्दिरको दर्शनका लागि उक्त कार दाङबाट गएको भन्ने सूचना आएको जानकारी दिए। 

स्वर्गद्वारी मन्दिरको दर्शन गरी कार दाङ तर्फ फर्किरहेको थियो। 

प्यूठानबाट दाङ तर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीको घुम्तीमा पौने ४ बजे दुर्घटनामा परेको थियो। 

कार करिब ४५ मिटर तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको डिएसपी खड्काले बताए।

karsi 28.jpg

‘माथि रोडबाट खसेको कार तल रोडमा आएर बजारिएको हो,’ उनले भने, ‘त्यही भएर ठूलो मानवीय क्षति हुन पुग्यो।’

तीब्र गतिको कार घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको आशंका गरिएको डिएसपी खड्काले बताए।


लुम्बिनी चिन्तन

थप समाचार