Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

सिद्धार्थनगर–१२ द्धारा डस्टबिन वितरण


  • लुम्बिनी चिन्तन
  • जेठ २९, २०८० सोमवार
  • 368
    SHARES

सिद्धार्थनगर–१२ द्धारा डस्टबिन वितरण

 

भैरहवा, २९ जेठ ।

सिद्धार्थनगर नगरपालिकालाई ‘क्लिन’ ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ को रुपमा विकसित गर्नका लागि नगरपालिकाको कार्यालयले विभिन्न कार्यक्रम संचालन गरेको छ । नगरपालिकाको वडा नम्बर १२ को कार्यालयले वडालाई सफा राख्न डस्टबिन वितरण गरेको छ ।

कार्यालयलद्धारा सोमबार एक कार्यक्रमका बीच वडामा संचालित व्यवसायिक प्रतिष्ठान, विधालय, कलेज, मन्दिर लगायतलाई डस्टबिन वितरण गरिएको सिद्धार्थनगर–१२ का वडाअध्यक्ष कुमार गुरुङ्गले बताए । उनले सिद्धार्थनगरलाई ‘क्लिन’ ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउने सपना साकार पार्न वडा कार्यालयले प्रयास गरेको बताए । वितरण गरिएको डस्टबिन टिनको ड्रम र फलामबाट बनाइएको छ ।

pardes add 29.jpg

‘वडामा संचालित रहेका व्यवसायिक प्रतिष्ठान, विधालय लगायतलाई डस्टबिन वितरण गरेका छौँ’, उनले भने, ‘यसले वडा÷नगरलाई सफा राख्नमा व्यवसायिक प्रतिष्ठान, विधालय, कलेजलाई प्रोत्साहित गर्नेमा विश्वस्त छौँ ।’

उनले नगरपालिका÷वडालाई ‘क्लिन’ ‘ग्रिन’ एण्ड ‘इको फ्रेन्डली सिटी’ बनाउन नगरपालिका÷वडालाई मात्र जिम्मेवारी दिएर नहुने भन्दै सबैको भुमिका महत्वपूर्ण रहनुपर्ने उनको भनाई छ । उनले संकलन गरिएको फोहोर सडकमा नभई नगरपालिकाको ट्याक्टरमा फाल्न आग्रह गरे ।

karsi 28.jpg

कार्यक्रमका प्रमुख अतिथी वडाका जेष्ठ नागरिक ८० वर्षिय खगराज आचार्यले सिद्धार्थनगर वडा १२ ले सराहनीय कार्यहरु गर्दै आएकोमा प्रशंसा गरे । उनले डस्टबिन वितरण महत्वपूर्ण कार्य भएको बताए । डस्टबिन वितरण कार्यक्रमले नगर तथा वडालाई सफा र हरभरा राख्नमा सहयोग पुग्ने उनको भनाई छ ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङ्गको अध्यक्षता, वडाका जेष्ठ नागरिक खगराज आचार्यको प्रमुख आतिथ्यता, भरत रजकको संचालनमा सम्पन्न कार्यक्रममा वडा सदस्य दु्रपदा पनेरु, समिर थापा, समाजसेवी हरिष सेठिया, ठाकुर प्रसाद अधिकारी, नारायण शर्मा, सुशिल कुवँर, शेषकान्त भण्डारी, राजेश लाकौल, राजु गुरुङ्ग लगायतको उपस्थिती रहेको थियो । 


लुम्बिनी चिन्तन

थप समाचार