Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

बुटवलको देविनगरमा ढुङ्गाले हानेर एक पुरुषको हत्या, २ जना पक्राउ


  • लुम्बिनी चिन्तन
  • जेठ २८, २०८० आइतवार
  • 636
    SHARES

बुटवलको देविनगरमा ढुङ्गाले हानेर एक पुरुषको हत्या, २ जना पक्राउ

भैरहवा जेठ २८/

बुटवल उपमहानगरपालिका–११ देविनगरमा कुटपिटबाट एक पुरुषको ज्यान गएको छ । ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको वडा प्रहरी कार्यालय बुटवल रामनगरका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

pardes add 2.jpg

हत्यामा संलग्न भएको आरोपमा ११ वर्षीय नावालकसहित ३१ वर्षीय गणेश थापालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक पौडेलले बताए । बुटवल देविनगरस्थित पुरानो ट्रायल सेन्टरको पछाडि तिनाउ नदीको बगरमा प्रसा लुटपाट गर्ने उद्देश्यले ढुङ्गाले टाउको लगायतका अङ्गहरुमा प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृत्यु भएका पुरुषको बारेमा थप जानकारी खुल्न बाँकी रहेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार