Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

नेपाल रेडक्रस सोसाइटी, कोटहीमाई उपशाखाको प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न


  • लुम्बिनी चिन्तन
  • जेठ २६, २०८० शुक्रवार
  • 382
    SHARES

नेपाल रेडक्रस सोसाइटी, कोटहीमाई उपशाखाको प्रथम अधिवेशन तथा साधारणसभा सम्पन्न

भैरहवा जेठ २६/
नेपाल रेडक्रस सोसाइटी, कोटहीमाई उपशाखाको प्रथम अधिवेशन तथा साधारणसभा कोटहीमाई गाउँपालिका वडा नं। ४ मझगाँवा, मर्चवारमा एक  कार्यक्रमको विच सम्पन्न भयो । 
नेपाल रेडक्रस सोसाइटी कोटहीमाई उपशाखाका सभापति शिव शंकर चौधरीको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाका कोषाध्यक्ष सुशील गुरुङ्गले गर्नुभएको थियो । 
कार्यक्रममा जिल्ला कोषाध्यक्ष गुरुङ्गले रेडक्रसले  मानवीय कार्य अन्तर्गत विपद, रक्त सञ्चार, प्राथमिक उपचारमा खेलेकोे भुमिका, योगदान तथा व्यक्तित्व विकाशमा यसले पारेको प्रभावको बारेमा आप्mनो धारणा राख्नुभएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाका सदस्य तथा सम्मरिमाई उपशाखाका सभापति निरञ्जन पाठक, समाजसेवी अनिल कुमार के।सी।, योगेन्द्रनाथ पाण्डे लगायतको उपस्थितिमा शिव शंकर चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

pardes add 2.jpg
कार्यसमितिको उपसभापतिमा अनुराधा उपाध्याय, सचिवमा ग्रिजेश कुर्मी, कोषाध्यक्षमा रामानन्द शुक्ला, उपसचिवमा महेन्द्र यादव, उपकोषाध्यक्षमा मिथिलेश मिश्रा, सदस्यहरुमा उदयमान कुर्मी, प्रिन्स कुमार उपाध्याय, शैलेष कुमार हरिजन, संदिप कुमार तिवारी, मनिषा हरिजन सर्वसम्मतिले चयन भएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार