Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

तापक्रम अझै बढ्ने, सकेसम्म बाहिर ननिस्किन अपील


  • लुम्बिनी चिन्तन
  • जेठ २५, २०८० बिहिवार
  • 390
    SHARES

तापक्रम अझै बढ्ने, सकेसम्म बाहिर ननिस्किन अपील

भैरहवा जेठ २५/

देशका अधिकांश भूभागमा तापक्रम अझै बढ्ने सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरिएको छ। मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लासहित काठमाडौं उपत्यका र पहाडी क्षेत्रका खोँचहरूमा तापक्रम क्रमिकरूपमा बढ्ने जानकारी दिएको छ।

'आगामी केही दिन देशभरिको तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्ने देखिन्छ। तराईमा आगामी पाँच दिनसम्म तातो हावा तथा लूको सम्भावना यथावत् रहने देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। साथै पहाडी भूभागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम बढ्नसक्ने सम्भावना रहेको छ,' विज्ञप्तिमा भनिएको छ। 

pardes add 2.jpg

हालको तल्लो र उपल्लो वायुमण्डलको अध्ययन र विश्लेषणअनुसार नेपालमा यस वर्षको मनसुनको आगमन हुन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ। 'विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको देखिन्छ। काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र तराईमा अधिकतम तापक्रम चालिस डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ,' विज्ञप्तिमा भनिएको छ।

तातो हावा तथा लूका कारण थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकाले सोबाट बच्ने उपायसमेत महाशाखाले सुझाएको छ। 

तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जूस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ।


लुम्बिनी चिन्तन

थप समाचार