Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

एकिकृत व्यवस्थापनबारे परामर्श बैठक


  • लुम्बिनी चिन्तन
  • जेठ २०, २०८० शनिवार
  • 358
    SHARES

एकिकृत व्यवस्थापनबारे परामर्श बैठक

 

लुम्बिनी, जेठ २० ।

बुद्धजन्मस्थल लुम्बिनीको एकिकृत व्यवस्थापन संरचनाका बिषयमा विज्ञ र सरोकारवालाहरु विच परामर्श बैठक सम्पन्न भएको छ । सँस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातात्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोको संयुक्त आयोजनामा बुद्धजन्मस्थल लुम्बिनीमा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी पवित्र वगैचा क्षेत्रको एकिकृत व्यवस्थापन संरचनाका बारेमा बैठकमा छलफल भएको  छ ।

विश्वसम्पदामा सूचीकृत भएको लुम्बिनीको पवित्र वंगैचा क्षेत्रमा प्राकृतिक प्रकोपको नियन्त्रण, वातावरण प्रदुषण, थप विकास निर्माण र पर्यटकमैत्री वातावरण निर्माणका बिषयमा यूनेस्को विज्ञहरुले प्रस्तुती राखेका थिए ।

lumbini pardes add.jpg

लुम्बिनीमा गुरुयोजनाले निर्दिष्ट गरे अनुसार भौतिक पूर्वाधारका कामहरु गर्नुपर्नेबारेमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।  बैठकमा पवित्र बगैंचा क्षेत्रको सम्पदा संरक्षण र एकिकृत व्यवस्थपन संरचनाको अन्य दीगो बिषयमा बैठकमा छलफल गरिएको उनले बताए।

परामर्श बैठकमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तैय, पुरातात्व विभागका महानिर्देशक दामोदर गौतम, संस्कृती पर्यटक तथा नागरिक उडडयन मन्त्रालयका सुरेश सुरस श्रेष्ठ, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतको उपस्थिती थियो ।

उक्त अवसरमा सम्पदा विशेषज्ञ काई वाइज, विज्ञहरु प्रा।डा। राजेश राई, डा। इनु प्रधान,  राजेन्द्र सुवाल, लुम्बिनी विकास कोषका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुरातात्व महाशाखा प्रमुख हिमाल उप्रेतीले प्रस्तुती राखेका थिए । विहिबार गरिएको छलफलले पवित्र बगैचा क्षेत्रका सम्पदाहरुको संरक्षणका बिषयमा महत्वपूर्ण सुझावहरु परामर्श बैठकले दिएको छ  ।

बैठकपछि लुम्बिनी साँस्कृितक  र कपिलबस्तु नगरपालिका जनप्रतिनिधिहरुसँग पनि छलफल गरिएको यूनेस्कोले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार