सविता श्रेष्ठ
भैरहवा जेठ २.
यत्रतत्र सडकपेटीमा छरिएका सरसामान र अव्यवस्थित सवारी पार्कि¨ले सिद्धार्थनगरको सुन्दरतामा नकारात्मक असर परेको थियो । अझ अव्यवस्थित रुपमा सडकै ढाकिने गरि mिजारिएका हाट बजारले मानिसको आवत जावत रोकिनुका साथै फोहोर समेत देखिन्थ्यो । जसका कारण नगरको सौन्दर्यता कुरुप देखिएको थियो ।
यसै कुरालाई मध्येनजर गर्दै सिद्धार्थनगर नगरपालिकाले सडकपेटी खाली गर्ने, सडक अतिक्रमण हटाउने र सडक छोडेर मात्र आफ्नो व्यवसाय गर्नुपर्नेमा कडाई गरेसंगै शहर सफा देखिएको छ । यतिमात्र होईन सवारी आवागमन तथा यात्रुलाई सहज समेत भएको छ ।

सिद्धार्थनगर नगरपालिका नगरकार्यपालिकाको कार्यालय रहेको सि.न.पा वडा नं. ५ मा हाटबजार छ । प्रत्येक हफ्ता को आईतबार र बिहीबार लाग्दछ । जहां उपभोतmाको बजार गन्तव्य मानिन्छ भने तरकारी, खाद्यन्न, लत्ताकपडा विक्रिवितरण गर्ने व्यवसायीहरुका लागि उपयुतm ठाउं । सिद्धार्थनगरका सबै स्थानका संगै छिमिेकी मुलुक भारतबाट समेत उपभोतmाहरुको भिडभाड एकदम धेरै हुने गर्दछ । तर हिडडुल गर्नको लागि बाटो सानो भएको हुँदा यात्रुहरुलाई आवत जावतमा धेरै कठिनाई भयो । सिद्धार्थनगर नगरपालिकाले आम नागरिकलाई भएको कठिनाईलाई मध्यनजर गर्दै व्यवसाय गर्नेहरुले सडक छोडर मात्र आफ्नो व्यवसाय संचालन गर्नुपर्ने नियम कार्यान्वयन गरेसंगै उपभोतmालाई सहजता भएको छ ।
आम नागरिकको सहजताको लागि व्यवस्थापन गरयो ।
रुपन्देहीमा सडक मिचेर निर्माण गरिएका संरचना हटाउन थालिएको छ । सडकलाई साफ सफाई तथा स्वच्छ बनाउनको लागि अभियान शुरु गराईयो । पहिला भन्दा अहिले सिद्धार्थनगर नगरपालिकाको सौन्दर्यतामा धेरै परिवर्तन आएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलको भनाई अनुसार अब केही समय पछि पार्किड. लगाउन ठेक्कामा नदिने,पैसा नउठाउने तथा पार्किडको व्यवस्था नगरपालिकाले गरिदिने छ । शहरको पार्कि¨ व्यवस्थापनका लागि सिद्धार्थनगर नगरपालिकाले भवन निर्माण गरेको छ जसमा पार्कि¨को व्यवस्था छ । हाटबजारलाई व्यवस्थित गर्नका लागि व्यवसायिक भवन जिल्ला प्रशासन कार्यालयको नजिकै सम्पन्न अवस्थामा छ ।
नीजि पार्कि¨को लागि मापदण्ड पनि स्वीकृत भईसकेको भनेर जानकारी प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए । पार्कि¨को समस्या अब छिटै समाधान हुने उनको भनाई छ । नगरपालिकाको सरसफाई तथा सडक अतिक्रमण नियन्त्रण अभियानले नगर सफाईमा निकै सुधार भएको आम नागरिकले प्रतिक्रिया दिएका छन् ।