Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

सिद्धार्थनगर–५ का बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता


  • लुम्बिनी चिन्तन
  • बैशाख २७, २०८० बुधवार
  • 176
    SHARES

सिद्धार्थनगर–५ का बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता

 

भैरहवा, २५ वैशाख ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का बासिन्दालाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको छ । सोमबार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कार्यालय र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गत रक्त संचार सेवा केन्द्र, बुटवल÷इकाई, भैरहवाबीच निःशुल्क रगत उपलब्ध गराउने सहमति भएको हो ।

सम्झौतापत्रमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ कोतर्फबाट वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठ र नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्रकोतर्फबाट रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले हस्ताक्षर गरेका छन् । 

pardes add 27.jpg

सिद्धार्थनगर–५ का बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने तथा सिद्धार्थनगर–५ बाट रक्त संचार सेवा भैरहवाको लागि सिद्धार्थनगर–५ भित्र रगत संकलन कार्यमा सहयोग गर्ने उद्देश्यले सम्झौता गरिएको वडाअध्यक्ष श्रेष्ठले बताए ।

सम्झौताअनुसार रक्त संचार सेवा केन्द्र भैरहवा र बुटवल इकाईले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का बासिन्दालाई आवश्यक रगत निःशुल्क उपलब्ध गराउनेछ ।

निःशुल्क रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को बासिन्दा भएको प्रमाणित हुने कुनै किसिमको कागजात (नागरिकता, मतदाता परिचयपत्र, सवारीचालक अनुमतिपत्र, राहदानी, बसोबासको प्रमाणपत्र÷सिफारिस) लगायत काजगजातको प्रतिलिपि बिरामीका आफन्तले रक्त संचार सेवामा रगत वा रक्ततत्व लिन आउँदा पेश गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ ।

त्यस्तै आपतकालिन अवस्थामा आकस्मिक रगत लिनुपर्ने भइ सम्बन्धित व्यक्तिले अन्य कागजात पेश गर्न नसकेको अवस्थामा रगतको शुल्क नगद भुक्तानी गर्ने र पाँच दिन भित्रमा कागजात पेश गरेमा नगद फिर्ता गरिने, सो को सहजीकरण र व्यवस्थापन रक्त संचार सेवा केन्द्रले गर्ने उल्लेख छ ।

त्यसै गरी वडा कार्यालयले कम्तीमा वर्षको २ वटा रक्त संकलन शिविर सक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा आयोजना गर्ने सम्झौता पत्रमा उल्लेख रहेको वडा सदस्य विनित बेरिवालले जानकारी दिए । यो सम्झौताको अवधि कम्तीमा २०८३ साल असार मसान्तसम्म रहने उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाजसेवी तथा भैरहवा मर्निङ वाक गु्रपका अध्यक्ष ओमकार गौचनले सिद्धार्थनगर वडा नम्बर ५ ले निरन्तर राम्रो काम गरेको बताए ।

नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्यौपानेले विश्व रेडक्रस दिवसको दिन महत्वपूर्ण कार्यक्रम आयोजना गरिएको बताए ।

समाजसेवी तथा उद्योगी नारायण प्रसाद अग्रवालले वडा नम्बर ५ ले राम्रो काम गर्दै आएको बताए ।

सिद्धार्थनगर–५ की वडा सदस्य किरन देवी सुनारको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार