Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र


  • लुम्बिनी चिन्तन
  • बैशाख २२, २०८० शुक्रवार
  • 294
    SHARES

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भैरहवा, २२ वैशाख ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएको छ । २५६७ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८० समारोहका क्रममा लुम्बिनी आएका प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै संघले यस्तो माग गरेको हो ।

invt card luymbini kosh-Final 1.jpg

संघले प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणको सुरुवात गौतमबुद्ध अन्तर्राष्ट्रिय हुनुपर्ने, राष्ट्रिय ध्वजाबाहक जहाजको उडान नहँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलायन्सहरु आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाजबाट सेवा सुरु गर्नुपर्ने, राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–दिल्ली, भैरहवा–मलेसिया, भैरहवा–कतार सेक्टरमा उडान सुरु गर्नुपर्ने र बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार यही भएकाले विश्वका सबै बौद्धिष्ट मुलुकहरुलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित वा चार्टर्ड उडानका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरेको हो ।

pardes add.jpg

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट उडान हुने अन्तर्राष्ट्रिय विमानहरुमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानको व्यवस्था मिलाउनुपर्ने, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई उडान अवतरणका लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट १ वर्षसम्मका लागि निरन्तरता दिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरणहरु शिघ्र सञ्चालनमा ल्याउनुपर्ने र विमानस्थल सञ्चालन अघि र पछि यहाँको पर्यटन सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु. ६० अर्ब बढी लगानी भइसकेकोले अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरिएको लगानी असुरक्षित भएकोले सो लगानी सुरक्षित गराउने वावरणका लागि पहल गर्नुपर्ने संघले ज्ञापनपत्रमार्फत माग गरेको छ ।

यस क्षेत्रको आर्थिक मेरुदण्डको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निरन्तर उडानको व्यवस्थाका लागि माग गर्दै ज्ञापनपत्र बुझाइएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उनले भने, ‘२०७९ जेठ २ गते विमानस्थल उद्घाटन भइसकेको अवस्थामा यस क्षेत्रलगायत देश–विदेशमा रहनुभएका नेपाली अति नै हर्षित भएका थियौं । उद्योग, व्यापार, कृषि, पर्यटन फस्टाउँछ भन्ने आशा लागेको थियो । हाम्रो आशा निराशामा परिणत भयो । ’

विमानस्थल उद्घाटनपश्चात जजिरा एअरवेजको उडान मात्र सञ्चालनमा रहेका र हाल उक्त उडानसमेत नियमित हुन नसकेको अध्यक्ष श्रेष्ठले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा सुचारु गरिए यस क्षेत्र तथा देशकै आर्थिक अवस्था चलायमानका लागि टेवा पुग्ने उनको भनाइ छ ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले संघको मागप्रति आफू सकारात्मक रहेको र छलफल गरी आवश्यक कदम अगाडि बढाउने बताउनुभएको सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष गोविन्द ज्ञवालीले बताए । 

 


लुम्बिनी चिन्तन

थप समाचार