Logo
२०८३, कार्तिक ४ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ४ गते

वैशाख १५ र १६ गते रुपन्देहीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने


  • लुम्बिनी चिन्तन
  • बैशाख ११, २०८० सोमवार
  • 344
    SHARES

वैशाख १५ र १६ गते रुपन्देहीमा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने

भैरहवा, १० वैशाख ।  
आगामी वैशाख १५ र १६ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिग्राममा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ ।

जापान गोजीरियो कराते डो मिसन संघको आयोजनामा हुन गइरहेको उक्त प्रतियोगिताले वल्र्ड करातेको ध्यान केन्द्रीकृत गरेको नेपाल कराते महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भरत बहादुर के.सी.ले बताए । ‘वैशाख १५ र १६ गते मणिग्रामको गाउँले ससुरालीको सभाहलमा  अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने छ ।

 
pardes add.jpg

आयोजक संस्था जापान गोजीरियो मिसन डो संघका प्रमुख प्रशिक्षक काजि रानाका अनुसार प्रतियोगितामा भुटानी १०, बंगलादेशी १०, भारतीय १०० र नेपाली १२० गरी कुल २५० जना खेलाडीले सहभागीता जनाउँदैछन् । कुमितो र काता गरी दुई खेलमा हुने प्रतियोगितामा विभिन्न उमेर र तौल समूहको प्रतिष्पर्धा हुनेछ । 

प्रतियोगिताबारे आइतबार मणिग्राममा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी गराएका छन् । आयोजककाअनुसार प्रतियोगिताको तयारी पूरा भएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार