Logo
२०८३, कार्तिक ५ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ५ गते

विश्व पृथ्वी दिवसको अवसरमा लुम्बिनीमा वृक्षारोपण सम्पन्न ।


  • लुम्बिनी चिन्तन
  • बैशाख ११, २०८० सोमवार
  • 746
    SHARES

विश्व पृथ्वी दिवसको अवसरमा लुम्बिनीमा  वृक्षारोपण सम्पन्न ।


भैरहवा बैशाख १०,
विश्व पृथ्वी दिवस २०२३ को अवसरमा शनिवार पृथ्वी जोगाऔ भन्ने मुल नाराका साथ लुम्बिनी विश्व शान्ति मञ्चले बृक्षरोपण गरेको छ । 
मंचले अंबा, हलुवाबेद, भोगटे, असारेफुल, तेजपत्ता, कागती लगायत बिभिन्न फलफुलको दुुई सय बिरुवाहरु रोपेको मंचका महासचिव तथा प्रवक्ता धिरेन्द्र पन्तले जानकारी दिनु भयो ।

aaaa.jpg
नेपाली सेना, युद्ध कवच गण सितापाईलामा एक समारोह बिच श्री नं १७ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी लक्ष्मण थापाको उपस्थितीमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका संस्थापक अध्यक्ष बासु गौतम, उपाध्यक्ष सन्तोष कुंवर, महासचिव तथा प्रवक्ता धिरेन्द्र पन्त, युद्ध कवच गणका गणपती प्रमुख सेनानी दिनेश कुमार खड्का लगायत अन्य व्यक्तित्वहरुको साथै युद्ध कवच गणका सकलदर्जाहरुको पनि उपस्थिती रहेको थियो। 

pardes add.jpg
लुम्बिनी विश्व शान्ति मञ्चले सन् २०१९ यता हाल सम्म देशैभरी  विस हजार बोटबिरुवाहरु रोपिसकेको र करिब १४ हजार बोटहरु हुर्कीसकेको जानकारी गराउदैं मञ्चका अध्यक्ष बासु गौतमले यही बैशाख २२ गते लुम्बिनी र भैरहवामा बुद्ध जयन्तीका अवसरमा लुम्बिनी विश्व शान्ति महोत्सव कार्यक्रम र विश्व बातावरण दिवसको अवसरमा दश लाख वृक्षरोपण तथा संरक्षण अभियान लाई निरन्तरता दिंदै चार महिनाको अवधिमा ३० हजार बढी वृक्षरोपण गर्ने कार्यक्रम रहेको पनि जानकारी दिनुभयो।


लुम्बिनी चिन्तन

थप समाचार