Logo
२०८३, कार्तिक ७ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ७ गते

सिद्धार्थनगर– ५ मा कानुनी साक्षरता कार्यक्रम सम्पन्न


  • लुम्बिनी चिन्तन
  • बैशाख २, २०८० शनिवार
  • 596
    SHARES

सिद्धार्थनगर– ५ मा कानुनी साक्षरता कार्यक्रम सम्पन्न

भैरहवा, २ बैशाख ।
नेपालको कानुनको जानकारी सबैमाहुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । 
शनिवार सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ को कार्यालयद्धारा ‘कानुनको अनभिज्ञता क्षम्यहुदैन’भन्ने मूल नाराका साथआयोजनागरिएको महिला सशक्तिकरणको लागिकानुनी साक्षरताकार्यक्रममा सहभागीहरुले कानुनको जानकारी सबैमाहुनुपर्नेमा जोड दिएकाहुन् । 
कार्यक्रमको उद्धघाटन गर्दैप्रमुखअतिथीसिद्धार्थनगर नगरपालिकाकाप्रमुखइश्तियाकअहमदखानले प्रत्येक नेपालीनागरिकले नेपालको कानुनबारे जानकारी राख्नुपर्ने र हुनुपर्ने उल्लेख गर्दै कानुनको परिधिमा रहेर सभ्यनगरनिर्माणमा भुमिकानिर्वाह गर्न आग्रह गरे । 

pradesh.jpg
उनले कानुनबारे जानकारी नभएकोले गल्तीभएको भन्ने नपाइने भन्दै जीवनमाकानुनलाई अनुशरण गरेर अघि बढ्नुपर्ने बताए । महिलाहरुलाई सशक्तबनाउनकालागिआयोजनागरिएको कार्यक्रमफलदायीहुनेमाआफु विश्वस्त रहेको उनले जनाए । 
सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले कानुनको अनभिज्ञता क्षम्यनहुने भएकोले वडावासीहरुलाई आफ्नो हकतथाअधिकार लगायतकानुनबारे जानकारी दिने उद्देश्यले कार्यक्रमआयोजनागरिएको बताए । उनले नेपालको कानुनको परिधिमा रहेर सबैले दिनचर्या अगाडी बढाउनुपर्ने भन्दै महिलाहरुलाई सशक्तबनाउनआफुहरु हातेमालो गरेर अघि बढ्न चाहेको बताए ।
यस्तै कार्यक्रमलाई सम्बोधनगर्दै सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर १३ का वडाअध्यक्ष सोम गुरुङ्गले प्रशिक्षणमा प्राप्त ज्ञान समाजमापनि छर्न आग्रह गरे । वडा नम्बर १३ का सदस्यनिलु श्रिषले कानुन सम्बन्धी पूर्ण ज्ञान लिएर महिलाहरु जागरुकहुनुपर्ने बताइन् । 
समाजसेवी नारायण प्रसाद अग्रवालले महिला सशक्तिकरणको लागि वडा कार्यालय सरहानीयकार्यक्रम गरेको भन्दै कानुनी साक्षरता सबैमाहुनुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुलाई अधिवक्ताप्रदिपकुमार यादव, सुनिलकुमार त्रिपाठी र पुष्पालक्ष्मीश्रेष्ठले प्रशिक्षण दिएकाथिए । 
वडा नम्बर ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्ष्ता, वडा सदस्यप्रेम नारायण तेलीको स्वागत, वडासदस्य सरस्वतीश्रेष्ठको संचालनमा सम्पन्नभएको कार्यक्रममा वडा नम्बर ७ का वडाअध्यक्ष दामोदर शर्मा घिमिरे, ८ का वडाअध्यक्ष राजनजंग राणा, वडा नम्बर ५ लगायतविभिन्न वडाका वडा सदस्यहरु, वडा नम्बर ५ को सचिवबन्दनाउपाध्याय, महिला स्वंयसेविकाहरु, सिद्धार्थनगर नगरपालिकाको शिक्षा समिती सदस्य सलुजा रामदाम, सिद्धार्थ उद्योग वाणिज्य संघका सह–कोषाअध्यक्ष संजय बेरिवाल, समाजसेवी केशव प्रसाद हलुवाई, हरिश सेठिया, मारवाडी महिलामंचकाअध्यक्ष, ब्रह्माकुमारी ईश्वरी विश्वविधालयको प्रतिनिधी, नेपालप्रहरीकाप्रतिनिधीलगायतको उपस्थिती रहेको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार