Logo
२०८३, कार्तिक ७ गते
images

ताजा अपडेट

Logo २०८३, कार्तिक ७ गते

उद्योग वाणिज्य महासंघ: एशोसिएट सदस्यमा रुपन्देहीका अग्रवाल र श्रेष्ठ निर्वाचित


  • लुम्बिनी चिन्तन
  • चैत्र ३०, २०७९ बिहिवार
  • 236
    SHARES

उद्योग वाणिज्य महासंघ: एशोसिएट सदस्यमा रुपन्देहीका अग्रवाल र श्रेष्ठ निर्वाचित

भैरहवा चैत्र ३०/

रुपन्देहीका उद्योगी राजेश कुमार अग्रवाल र उज्जवल कुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सदस्य पदमा निर्वाचित भएका छन् । मतपरिणाम अनुसार एशोसिएट सदस्यमा अग्रवालले १ हजार ३ सय १२ मत र श्रेष्ठ १ हजार १ सय ९१ र प्राप्त गरेका छन् । अग्रवाल यो सँगै उद्योग वाणिज्य महासंघको एशोसिएट सदस्यमा तस्रो पटक निर्वाचित भएका हुन् । अग्रवाल २०७५ र २०७७ को निर्वाचनमा पनि एशोसिएट सदस्यमा निर्वाचित भएका थिए ।

pradesh.jpg

उद्योगी अग्रवाल सिद्धार्थ ग्रुप, अर्घाखाँची सिमेन्ट प्रा.लि. , श्री स्टिल्स प्रा.लि.का प्रबन्ध निर्देशक, सिद्धार्थ सिमेन्ट प्रा.लि., सिद्धार्थ आयल इण्डष्ट्रिज, सिद्धार्थ रिफाईनरी इण्डष्ट्रिज, सिद्धार्थ मिनिरल्स प्रा.लि., एक्सन पोलिमर्स प्रा.लि., एसियन कंक्रिटो प्रा.लि र सिद्धार्थ पेट प्लाष्ट इण्डष्ट्रिज प्रा.लि. का निर्देशक हुन् । उनी सिद्धार्थ राउण्ड टेबल, मारवाडी सेवा समिति भैरहवाका पूर्व उपाध्यक्ष र सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका सल्लाहकारसमेत हुन् । यस्तै श्रेष्ठ पञ्चकन्या समूहका कार्यकारी निर्देशक हुन् ।

एशोसिएटतर्फ अन्य सदस्य पदमा डा. रामशरण थपलिया, मनोज पौडेल, आनन्द कुमार बगेरिया, अम्बिका प्रसाद पौडेल, सुुनिल नारायण श्रेष्ठ, सुशील थापा, शैलेन्द्र गुरागाईं, हेमन्त गोल्छा, देशबन्धु बस्नेत,अविनाश बोहोरा, गोपाल खनाल, प्रवलजङ्ग पाण्डे, जुना माथेमा, शक्ति कुमार बेगानी, सन्दिप कुमार अग्रवाल, ऋषी अग्रवाल र मुकुन्द प्रसाद तिमल्सिना निर्वाचित भएका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार