भैरहवा चैत्र ३०
होटल तथा रेष्टुरेष्ट ब्यावसायि संगठन रुपन्देहीको आयोजनामा आज हुने सिद्धार्थ सडक खाना महोत्सवको पुर्वसन्ध्यामा भैरहवामा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम स्थल देवकोटा चोक देखी बसपार्क सम्म सडक सरसफाई गरिएको होटल तथा रेष्टुरेष्ट ब्यावसायि संगठनका अध्यक्ष पिताम्वर न्यौपानेले जानकारी दिनु भयो ।
नयाँ वर्ष २०८० को स्वागतार्थ भैरहवामा हुन लागेको सडक खाना महोत्सवले आन्तरिक तथा भारतीय पर्यटकलाई आर्कषित गर्ने अध्यक्ष न्यौपानेले बताउनु भयो ।

महोत्सवमा तारे होटलजन्य , रेष्टुरेण्टजन्य साथै थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरु रहने संगठनका महासचिव राजेश महोत्राले जानकारी दिनु भयो । कार्यक्रमका प्रमुद अतिथी सिद्धार्थनगर नगरपालिका वडानं १३ का वडाअध्यक्ष सोम बहादुर गुरुड.ले सडक खाना महोत्सवले आन्तरीक पर्यटनमा ठुलो सहयोग पुग्ने बताउनु भयो ।

संगठनका अध्यक्ष पिताम्वर न्यौपानेको अध्यक्षता , वडानं १३ का वडाअध्यक्ष सोम बहादुर गुरुड.को प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा उधोग ब्यापार संगठनका अध्यक्ष अनिल ज्ञवाली , संगठनका पदाधिकारीहरु लगायतको उपस्थिती रहको थियो । कार्यक्रम संयोजक पदम पन्तको स्वागत तथा संगठनका महासचिव राजेश मल्होत्राको संचालनमा सम्पन्न भएको थियो । सडक खाना महोत्सवमा बिभिन्न ६५ वटा स्टलहरु रहेका छन् भने राष्ट्र्रिय कलाकारहरु र स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ ।


